एसिड प्रहारबाट घाइते युवतीको उपचारका क्रममा मृत्यु

What's This?


Download our app to get more features

रुपन्देही २४, माघ । एसिड प्रहारबाट गम्भीर घाइते भएकी नवलपरासी गैंडाकोट नगरपालिका–५ की २७ वर्षीया तुलसा सापकोटाको उपचारको क्रममा केहीबेरअघि भैरहवामा मृत्यु भएको छ ।
सापकोटालाई सोमबार घाइते अवस्थामा प्रहरीले फेलापारि उपचारकालागि अस्पताल पु‍याएको थियो । शरिरमा एसिड प्रहार गरिएपछि तुलसा छट्पटाउँदै चिच्याउन थालेपछि होहल्ला भएपछि प्रहरीलाई घटनाको जानकारी आएको थियो । तत्काल प्रहरीले उपचारकालागि बुटवलस्थित अञ्चल अस्पताल लगेकोमा त्यहाँ उपचार हुन नसकेपछि भैरहवास्थित युनिभर्सल शिक्षण अस्पताल पुर्‍याइएको थियो । आज दिउँसो १ बजेतिर तुलसाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार, बुटवल उपमहानगरपालिका–६ स्थित मेरी डियन होटेलको कोठा नम्बर १०३ मा बसेकी सापकोटालाई सुनील कोइरालाले एसिड प्रहार गरि गम्भीर घाइते बनाएका थिए । तुलसासँगै होटेलमा बसेका धादिङ नौबिसेका २८ वर्षीय सुनिल कोइरालाले राति सुतेको बेला एसिड हानेको र कोइरालालाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखिएको बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी मुकुन्द मरासीनीले बताए । कोइरालाले के कारणले एसिड प्रहार गरेका हुन् भन्नेबारे भने खुल्न सकेको छैन । कोइरालालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

तस्वीर:नेपाल प्रहरी

Last modified on 2017-06-29 11:51:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts