न्याम्सको कार्यकारी सदस्यमा डा. शर्मा नियुक्त
काठमाण्डौ, २३ माघ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) को कार्यकारी सदस्यमा वीर अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा नियुक्त भएका छन् ।
प्रतिष्ठानका उपकुलपतिको सिफारिसमा स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले शर्मालाई कार्यकारी सदस्य नियुक्त गरेको हो यसअघि कार्यकारी सदस्य रहेका डा. भूपेन्द्र बस्नेत अस्पतालका निर्देशक भएसँगै रिक्त रहेको पदमा शर्मा नियुक्त भएका हुन् । न्याम्सको कार्यकारी परिषद्मा उपकुलपति, रेक्टर, रजिष्ट्रार, डीन, अस्पताल निर्देशक र कार्यकारी सदस्य समेत ६ जना रहने व्यवस्था छ ।
Last modified on 2017-06-29 12:15:57
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।