तीस दन्त चिकित्सकले ३ करोड नेपालीको उपचार गर्छ सरकार ?
काठमाण्डौं, २२ माघ । सरकारले थोरै जनशक्ति मात्र राखेर नेपाली जनतालाई दन्त सेवा दिन नसक्ने भन्दै डेण्टल साइन्स तथा डेण्टल हाइजिनिष्ट एसोसियसनले सरकारको ध्यानाकर्षण गराएको छ ।
देशभरीमा २१ जना दन्त चिकित्सक र ९ जना दन्त सहायकको दरबन्दि राखेर सरकारले ३ करोड नेपालीको दाँत तथा मुख उपचार गरीरहेको बताउंदै एसोसियसनले सरकारको कडा आलोचना गरेको छ ।
आज काठमाण्डौंमा एसोसियसनले “दक्ष जनशक्तिलाई प्रोत्साहन गरौं अदक्ष जनशक्तिलाई निरुत्साहित गरौँ” भन्ने नारासहित आयोजना गरेको छलफल तथा दन्त स्वास्थ्यकर्मीहरुको भेलामा सरकारको कडा आलोचना गरेको हो ।
एसोसियसनले देशभरी जम्मा ३० जना दन्त चिकित्सकको दरबन्दि सिर्जना गरी सेवा दिन असम्भव रहेको र बाँकि सबै सेवा निजि क्षेत्रले दिइरहेकोसमेत उल्लेख गरेको छ ।
दन्त चिकित्सकहरु काठमाण्डौंमा मात्रै क्लिनिक खोलेर बसेको र दुर–दराजमा बसेर काम गर्ने डेण्टल हाइजिनिष्टहरुलाई नितिगत रुपमा नै काम गर्न निषेध गरि सरकारले त हामीलाई बेवास्ता गर्यो तर नेपाल डेण्टल एसोसियसनले समेत दाँत फुकाल्न पाउंदैनौ भनेर सौताको व्यबहार गरेको छ ।-माइकल देबकोटा, अध्यक्ष डेण्टल साइन्स तथा डेण्टल हाइजेनिष्ट एसोसियसन
भेलामा एसोसियसनका अध्यक्ष माइकल देबकोटाले सरकारले दन्त स्वास्थ्यकर्मीहरुलाई बेवास्ता गर्दै उनीहरुको क्षमताको बिश्वास नगरेको बताए । उनले दन्त चिकित्सकहरु काठमाण्डौंमा मात्रै क्लिनिक खोलेर बसेको र दुर–दराजमा बसेर काम गर्ने डेण्टल हाइजिनिष्टहरुलाई नितिगत रुपमा नै काम गर्न निषेध गरिएको बताए । उनले भने “सरकारले त हामीलाई बेवास्ता गर्यो तर नेपाल डेण्टल एसोसियसनले समेत दाँत फुकाल्न पाउंदैनौ भनेर सौताको व्यबहार गरेको छ ।”
अहिले नेपालमा डेण्टल चिकित्सकहरु राजधानी बाहिर गाँउ–गाउँमा गएर सेवा दिन सकिरहेको छैन् । यहि समस्यालाई सम्बोधन गर्न शिक्षा मन्त्रालयको निर्देशनमा सिटिइभिटिले २०६२ सालबाट पिसिएल तहमा १८ महिने डेटल हाजेनिष्टको पढाई सुरु गरेको थियो । तर अहिले १८ महिने कोर्स बन्द गरी ३ वर्षे कोर्स अध्ययन अध्यापन भैरहेको छ ।
सिटिइभिटिबाट अध्ययन पुरा गरेका दक्ष जनशक्तिलाई राज्यले व्यबस्थापन गर्नुपर्नेमा उल्टै उनिहरु राज्यबाट नै नितिगत रुपमा नै ठगिनु परेको एसोसियसनको निष्कर्ष छ ।
अध्यक्ष देबकोटाले सिटिइभिटिबाट अध्ययन पुरा गरीसकेपछि थप अध्ययनका लागी केयूले मान्यता नदिएको, दन्त चिकित्सकहरुले सौताको व्यबहार गरेको, सरकारले निर्देशिका बनाई डेन्स्टिलाई मात्र समाबेस गरेको, दुर्गम भेगमा समेत क्लिनिक खोलेर सञ्चालन गर्न समेत नदिएको आरोप लगाए ।
उनले देशमा नयाँ नीति नियम बनाउने समय भएकोले सबैलाई समेटेर नीति र निर्देशिका संशोधन हुनुपर्ने बताए । “अन्यथा देशभरीका सबै दन्त सहायकले बिरोध गर्नुपर्ने अवस्था आउन सक्छ ।” – उनले भने ।
“डेण्टल हाइजिनिष्टहरुले पनि डक्टरसरह अभ्यास गर्न पाउनुपर्छ या दन्त चिकित्सकको बिकल्पमा काम गर्न पाउनुपर्छ भन्ने माग हो भने संघर्ष अब शुरु हुनेछ ।” -डा मनोज हुमागार्इं, महासचिव नेपाल डेण्टल एसोसियसन
कार्यक्रममा नेपाल डेण्टल एसोसियसनको महासचिव डा मनोज हुमागार्इंले भने डेण्टल सहायकहरु कहिल्यै पनि डेण्टिस्टको समकक्षी हुन नसक्ने बताउंदै चिकित्सकको विकल्पमा सहायकले काम गर्न नसक्ने बताए । गुणस्तरीय दन्त तथा मुख स्वास्थ्य सेवाको लागी डेन्टिस्ट र सहायक डेन्टिस्ट दुबै आवश्यक पर्ने भएकोले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । “डेण्टल हाइजेनिष्टहरुले पनि डक्टरसरह अभ्यास गर्न पाउनुपर्छ ।” उनले भने – “या दन्त चिकित्सकको बिकल्पमा काम गर्न पाउनुपर्छ भन्ने माग हो भने संघर्ष अब शुरु हुनेछ ।”
संसदमा अड्केर बसेको राष्ट्रिय चिकित्सा ऐन आएपछि राष्ट्रिय चिकित्सा आयोग गठन गरी सबै समस्या हल गरीने र जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले काम गरीरहेकोले शिक्षा मन्त्रालयले पनि आवश्यक जनशक्ति उत्पादन गरी समयानुकुल शैक्षिक कार्यक्रम परिमार्जित गर्दै लैजाने छौँ । - धनिराम पौडेल, शिक्षमन्त्री
कार्यक्रमका बिशेष अतिथि शिक्षमन्त्री धनिराम पौडेलले संसदमा अड्केर बसेको राष्ट्रिय चिकित्सा ऐन आएपछि राष्ट्रिय चिकित्सा आयोग गठन गरी सबै समस्या हल गरीने प्रतिबद्धता व्यक्त गरे । जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले काम गरीरहेकोले शिक्षा मन्त्रालयले पनि आवश्यक जनशक्ति उत्पादन गरी समयानुकुल शैक्षिक कार्यक्रम परिमार्जित गर्दै लैजाने बताए ।
मन्त्री पौडेलले चिकित्सक र स्वास्थ्य सहायकहरु मिलेर काम गर्नुपर्ने बताउंदै एकले अर्कोलाई निषेध नर्गन समेत आग्रह गरेका छन् । उनले अबको स्वास्थ्य नितिमा प्रत्येक स्वास्थ्य संस्थामा एक जना दन्त चिकित्सकसंगै एक जना दन्त सहायकको समेत व्यबस्था गर्न आफु लागीपर्ने बताए ।
Reporter
View Other Stories by Author >>