कतै तपाईंलाई ब्लड् क्यान्सर त भएको छैन ? यसका लक्षण र रोकथामका उपाय यस्ता छन् (भिडियो सहित)



Download our app to get more features

छिल्लो समय रगत क्यान्सरको बिरामीको संख्या बढ्दो छ । निकै भयावह मानिने ब्लड् क्यान्सर के हो ? यसको उपचार नेपालका कत्तिको सम्भव छ ? रगत रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा. अजय कुमार झासँग गरिएको कुराकानी ...

ब्लड् क्यान्सर भनेको के हो ? 
बोनम्यारोमा रगतका कोषिकाहरु आवश्यक्ता भन्दा बढी निर्माण भई शरीर भरी फैलिएर नकारात्मक प्रभाव पार्नु वा रगतमा क्यान्सरका लक्षण देखिनु नै ब्लड् क्यान्सर हो । 

ब्लड् क्यान्सर हुने प्रमुख कारणहरु :
ब्लड् क्यान्सर यही कारणले मात्र हुन्छ भन्ने छैन् । धेरै कारण छन् । 
जस्तै ,
१. अस्वस्थ खानपान ।
२. अत्याधिक मद्यपान र धुम्रपान ।
३. हेपाटाईटीस् बी, सी र एच.आई.भीको संक्रमण ।
४.विलासी जीवनशैली । 
५.वंशाणुगत गुण ।

लक्षण :
१.रक्तअल्पता हुने ।
२.रगत बग्ने (नाक, कान, मुख,यौनद्धारबाट)
३.बढी थकाई लाग्ने ।
४.स्वाँ स्वाँ हुने ।
५.शरीरका विभिन्न भागमा नीलडाम देखिने ।
६.जोर्नी दुख्ने तथा सुन्नीने ।
७.कुनै रोग लागे औषधि सेवन गर्दा पनि लामो समय ठीक नहुने ।

यो रोग सबै उमेर समुहका मानिसमा देखा पर्नसक्छ । अपवाद बाहेक बच्चाहरुमा हुने ब्लड् क्यान्सर वंशाणुगत कारणले हुन्छ । अन्य उमेर समुहका व्यक्तिमा भन्दा बच्चाहरुमा हुने क्यान्सर निको पार्न सजिलो हुन्छ । 

बच्ने उपाय :
१.ब्लड् क्यान्सरबाट बच्न सदैव खानपानमा ध्यान दिनु पर्छ । स्वास्थ्यवद्र्धक खाना खानु पर्छ ।
२. शरीरलाई चलायमान राख्ने ।
३. धुम्रपान,मद्यपानबाट बच्ने ।
४ कुनै पनि रोग लागे अनावश्यक औषधि सेवन नगर्ने ।
५. माथिका कुनै पनि लक्षण देखिए तुरुन्त विशेषज्ञको मा स्वस्थ्य परीक्षण गराउने ।

नेपालमा ब्लड् क्यान्सरको उपचार :
अझै पनि धेरै मानिसमा भ्रम छ ब्लड क्यान्सर लागेपछि ठीक हुँदैन । साथै,  यो रोगको नेपालमा गुणस्तरीय उपचार गर्न सम्भव छैन । तर त्यसो हैन , नेपालमा ब्लड् क्यान्सरको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रभावकारी उपचार हुन्छ । यो रोगको उपचारको लागि अन्य देश जानु पर्ने बाध्यता छैन् । मात्र उपचार गर्ने अस्पताल र विशेषज्ञको भने कमी छ । 

भक्तपुरको क्यान्सर अस्पताल र चितवनमा रहेको भरतपुर क्यान्सर अस्पताल बाहेक केही निजी अस्पतालमा पनि यसको उपचार हुन्छ ।

सरकारले अन्य क्यान्सरका बिरामीलाई जस्तै गरी ब्लड् क्यान्सरका बिरामीलाई पनि  एक लाख रुपैंया बराबरको उपचार सहुलियत दिँदै आएको छ ।

भिडियो हेर्नुस् ।

 

Last modified on 2017-06-29 12:47:41

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts