ओम अस्पताल रुद्रमति सफाई अभियानमा 



Download our app to get more features


काठमाण्डौं, २२ माघ । चाबहिलस्थित ओम अस्पतालले मध्य राजधानी भएर बग्ने धोविखोला भनिने रुद्रमति खोलाको सफाई अभियानमा सहयोग गरेको छ । 

रुद्रमती सफाइको १५४ औं हप्तामा शनिवार गोपीकृष्ण पुलदेखि भत्केको पुलसम्मको क्षेत्रको सफाइमा ओम अस्पतालका कर्मचारीहरु सहभागी भएका छन् । रुद्रमती सफाइ अभियानका संयोजक कृष्णमणी भट्टराईले मानवीय र प्राविधिक रुपमा ओम अस्प्तालले सफाई अभियानमा सहायता गरेको बताए ।

 ओम अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्की सहित अस्पतालका बजार शाखा, तथा अस्पतालका अन्य कर्मचारीहरुको सहभागीता रहेको बजार प्रमुख इरु पौडेलले जानकारी दिइन ।  

 रुद्रमति मुहानदेखि शंखमुलसम्मको सफाइ अभियान अन्र्तगत आज गरिएको सफाइमा शनिवार मात्र उक्त क्षेत्रबाट चार मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ ।

Last modified on 2017-06-29 12:52:16

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts