क्यान्सरका प्रारम्भिक लक्षणहरु !

सन्दर्भः विश्व क्यान्सर दिवस



Download our app to get more features

क्यान्सर भन्ने बित्तिकै यसको लक्षण के होला भन्ने आम मानिसको मनमा प्रश्न उठ्नु स्वभाविक हो । तर, क्यान्सर हुँदा सुरुमा कुनै पनि लक्षण देखिदैन । जब क्यान्सर बढ्दै जान्छ तब मात्र लक्षण देखा पर्न थाल्छ ।
क्यान्सरका बिरामीले जब आफूलाई क्यान्सर भएको थाहा पाउँछन् त्यसबेला धेरै ढिला भइसकेको हुन्छ । क्यान्सर हुनु पूर्व प्रारम्भिक लक्षण भने देखा पर्छ ।

क्यान्सरका बारेमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल युनियन क्यान्सर कन्सनले क्यान्सरका प्रारम्भिक ८ लक्षणका बारेमा उल्लेख गरेको छ । जसले क्यान्सर हुने संभावनाको संकेत गर्न सक्छ ।

क्यान्सका लक्षणहरु

  • लामो समयसम्म निको नहुनेगरी खोकी लाग्ने र खोक्रो स्वर आएमा ।
  • स्तन वा शरीरका कुनै पनि स्थानमा दुख्ने वा नदुख्ने गिर्खा आएमा ।
  • कोठीको आकार, रङ र बनोटमा परिवर्तन भएमा ।
  • कुनै पनि स्थानबाट अत्याधिक रत्तश्राव वा पिप आएमा ।
  • नियमित रुपमा दिशा वा पिसाव नहुने र भएमा आनीबानी फरक हुने ।
  • अपच वा खाना निल्न गाह्रो भएमा ।
  • पुरानो घाउ लामो समयसम्म निको नभएमा ।
  • बिना कारण तौलमा गिरावट आएमा ।
Last modified on 2017-06-29 13:19:22

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts