धेरै तातो कफि पिउनाले हुन सक्छ क्यान्सर
गर्मीको मौसम भन्दा चिसो मौसममा कफि पिउनेहरु बढी छन् । यदि तपाई पनि कफि पिउनु हुन्छ तर एकदमै तातो पिउने बानी छ भने त्यसले क्यान्सर हुन सक्छ ।
धेरै तातो कफि पिउने बानीलाई आजैबाट छोडर क्यान्सरको खतरालाई कम गर्नुस । यदि ठिक्कको मनतातो कफि पिउनु हुन्छ भने त्यो तपाईँको लागि धेरै नै राम्रो हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्यान्सर अनुसन्धान इकाईको रिपोर्ट अनुसार, नर्मल कफी पिउनाले क्यान्सरको कुनै खतरा हुँदैन ।
डब्ल्यूएचओले सन् १९९१ मा कफीलाई मूत्राशयको क्यान्सर बढाउने खतराको तत्व बताएको थियो । तर, एक हजार भन्दा बढी अध्ययनहरुका समीक्षा पश्चात इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले ती सबै तथ्यलाई सूचीबाट नै हटाइदिएको छ, जसको सेवनले क्यान्सर हुने खतरा बढ्छ ।
इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले ती सबै तथ्यलाई सूचीबाट हटाएपनि, धेरै तातो कफि पिउने हो भने त्यसले क्यान्सरको खतरा हुन सक्छ डब्ल्यूएचओको भनाइ छ । डब्ल्यूएचओको क्यान्सर रिसर्च इकाईका अनुसार, ६५ डिग्री सेल्सियस भन्दा बढी तातो कफी पिउनाले क्यान्सरको खतरा हुन सक्छ ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>