आज विश्व क्यान्सर दिवस
काठमाडौं, २२ माघ । आज विश्व क्यान्सर दिवस । “म सक्छु, हामी सक्छौं” भन्ने नाराका साथ विश्व क्यान्सर दिवश नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदँैछ ।
नेपालमा क्यान्सर रोग लागेर वर्षेनी २० हजार भन्दा बढीले ज्यान गुमाइरहेको तथ्याँक छ । नेपाल अर्बुद रोग निवारण संस्थाका अनुसार नेपालमा एक लाख बढी क्यान्सरका विरामी छन् । नेपालीहरुमा पुरुषमा बढी फोक्सोको क्यान्सर र महिलामा बढी पाठेघर र स्तन क्यान्सर लाग्ने गरेको छ । त्यसपछि ठुला आन्द्रा, कलेजो आदिका क्यान्सर रोगी पनि नेपालमा भेटिन्छन् ।
तथ्यांक अनुसार नेपालमा रोगीको संख्या बढ्दो छ । सुर्तिजन्य पदार्थ र मदिरा सेवनलाई मात्र रोक्न सके क्यान्सरबाट धेरै मुक्ति मिल्ने डाक्टरहरु बताउँछन् ।
हरेक एक सय महिला मध्ये १० जनामा पाठेघर सम्बन्धी समस्या देखिएको र समयमै उपचार नगर्दा क्यान्सर हुने गरेको अध्ययनले देखाएको छ । नेपाल क्यान्सर केयर फाउण्डेशनका स्त्री क्यान्सर रोग विशेषज्ञ डा सरिता गरिका अनुसार स्तन या पाठेघरको समस्या सामान्य जाँचबाटै थाहा हुन्छ । शुरुमै उपचार गरे क्यान्सरबाट बच्न सकिन्छ ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>