नारायणी अस्पतालबाट नवजात शिशु हरायो

What's This?


Download our app to get more features

पर्सा २१, माघ । बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट एक नवजात शिशु हराएको छ । शुक्रबार बिहान पौने एघार बजे नर्मल डेलिभरीबाट जन्मिएको बच्चा अपरान्ह २ बजे हराएको शिशुका आफन्तले जनाएका छन् ।

सुत्केरी आशा देवीसंगै वार्डमा रहेकी भाइ बुहारी खुश्वु देवीका अनुसार एक अपरिचित महिलाले छोरा खेलाउँदै लिएर बेपत्ता भएको बताइन् । अस्पतालको गेटमा सीसीटीभी जडान गरिएको भए पनि केही समयता बिग्रेको छ । अस्पताल प्रशासनको लापरवाहीले शिशु चोरिएको भन्दै आफन्तजनले अस्पतालमा नाराबाजी समेत गरेका छन् । शिशुका बुवा मुकेश पासवानले अस्पताल प्रशासनको लापरवाहीले आफ्नो शिशु हराएको बताए ।

अस्पताल प्रमुख चितरञ्जन साहले अस्पतालमा यस्तो घटना पहिलो पटक भएको भन्दै आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिए । उनले घटना छानबिनको लागि लागिपरेको बताए ।

 

Last modified on 2017-06-29 13:23:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts