नेपालमा पनि इच्छामृत्युको व्यवस्था गरिदैं

What's This?


Download our app to get more features

काठमाण्डौं २१, माघ । अव नेपालमा पनि इच्छामृत्युको व्यवस्था गरिने भएको छ । लामो समयसम्म कोमामा रहेका बिरामी, अशक्त र उपचार गरेर ठीक नहुने बिरामीलाई स्वेच्छाले मृत्युवरण गर्न पाउने कानुनी व्यवस्थाका लागि प्रक्रिया अघि बढेसंगै इच्छामृत्युको व्यवस्था हुन लागेको हो ।


सर्वोच्च अदालतले इच्छा मृत्युको कानुनी अधिकारका विषयमा छलफलका गर्न ‘एमिकस क्युरी’ बोलाउने निर्णय गरेको छ । न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशम्शेर जबराको संयुक्त इजलासले इच्छा मृत्यु गम्भीर विषय भएकाले परामर्शका लागि एमिकस क्युरी बोलाउने निर्णय गरेको हो ।

छलफलका लागि नेपाल बार एसोसिएनबाट तीन जना र सर्वोच्च अदालत बार एसोसिएसनबाट तीन जना वरिष्ठ अधिवक्ता वा अधिवक्ता उपलब्ध गराउन अदालतले बारलाई आग्रह गरेको हो । बाँच्न पाउने अधिकार जस्तै मृत्युवरण गर्न पाउने अधिकारको कानुनी रुपमा व्यवस्था गर्नुपर्ने आदेशको माग गर्दै अधिवक्ता उत्तमप्रसाद रिमालले झण्डै दुई वर्षअघि रिट निवेदन दायर गरेका थिए ।

निवेदनमा लामो समयसम्म कोमामा रहेका बिरामी, अशक्त र उपचार गरेर ठीक नहुने बिरामीलाई स्वेच्छाले मृत्युवरण गर्न पाउने कानुनी व्यवस्था हुनुपर्ने माग गरिएको छ ।

Last modified on 2017-06-29 13:27:52

4 Comments

  1. Yes mercy killing needs in our country

  2. I am bit confused with the statement, How a person while in कोमा (कोमामा रहेका बिरामी) can express his interest for die (इच्छामृत्यु) ?

  3. yes right yo hunu parchha.go on

  4. गोविन्द on Sat, Feb 04 2017 03:46 AM

    मर्न पाउन पर्छ


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts