मिर्गौलाको खरिदबिक्री अनलाइनबाटै, एउटाको मूल्य ७० हजार डलर

What's This?


Download our app to get more features

एजेन्सी । अनलाइनमै मिर्गौला किनबेच गर्न मिल्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर गुगलमा एउटा वेभ ठेगाना रहेको छ जहाबाट मिर्गौला आवश्यक पर्ने र बेच्न चाहानेले खरिद बिक्रि गर्न सक्छन् ।

तपाईंले गुगल सर्चमा गएर किड्नी फर सेल वा सिधै किडीबिड्नीडटकम टाइप गर्नुभयो भने उक्त साइट भेट्टाउनुहुनेछ । 

वेभसाइटमा उल्लेख भएअनुसार विश्वमा मिर्गौलाको अभाव भएको र जोसुकैले पनि आफ्नो आधिकारिक ठेगाना, उमेर, तौल, अन्य स्वास्थ्य जानकारीसहित मिर्गौला बेच्न सक्नेछन् । बेचिएका मिर्गौला आवश्यक पर्ने जो कसैले पनि उचित मूल्य दिएर किन्न सक्नेछन् ।

यस साइट अनुसार एउटा मिर्गौलाको मूल्य ७० देखि ८० अजार अमेरिकी डलरसम्म खरिद पैसामा खरिद बिक्रि भएको उल्लेख गरिएको छ ।

के साँच्चिकै मिर्गौला किनबेच गर्न मिल्छ त ?
नेपाल लगायत एसियन मुलुकमा यसरी खुल्ला मानव अंग किनबेच गर्न पाइँदैन । नेपालको अंग प्रत्यारोपण सम्बन्धी ऐनले यसरी मिर्गौला लगायत शरीरको कुनैपनि अंग किनबेच गर्न पाइदैन । यसरी किनबेच गरेको थाहा पाएमा प्रचलित कानून अनुसार सजायको भागिदार बन्नुपर्नेछ ।

Last modified on 2017-06-29 13:30:42

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts