लुम्बिनी अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्ने

What's This?


Download our app to get more features

रुपन्देही, २० माघ । लुम्बिनी अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्ने तयारी गरेको छ । 

अस्पतालले स्वास्थ्य मन्त्रालयबाट फार्मेसी सञ्चालनका लागि रु १५ लाख बीउ पुँजी पाए पछि फार्मेसी सञ्चालनको तयारी थालिएको हो । अस्पताल प्रमुख डा विकास देवकोटाले भने – “मन्त्रालयबाट बजेट पनि पाइसकेका छौँ । फार्मेसी सञ्चालन गर्ने अन्तिम तयारीमा छौँ ।” अस्पतालमा फार्मेसी सञ्चालन भएपछि बिरामीले सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गर्न सक्नेछन् । 

कात्तिक महिनामा अस्पतालको आइसियु (सघन उपचार कक्ष) उद्घाटन गर्न बुटवलमा आउनुभएका स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालभित्र फार्मेसी तत्काल सञ्चालन गर्न निर्देशन दिएका थिए । उनले बजेट अभाव हुन नदिने तर अस्पताल परिसरबाट बिरामीले सहज रुपमा औषधि खरिद गर्न पाउने व्यवस्था गर्न भनेका थिए । 

अस्पतालमा दैनिक ८ सय देखि एक हजारसम्म बिरामी आउने गरेका छन् । बिरामीको सङ्ख्या बढेर निकै लामो लाम लाग्नुपर्ने भएपछि अस्पतालले हालै टोकन प्रणाली लागू गरेको छ । 

स्वास्थ्य मन्त्रालयबाट बिहान १० देखि ५ बजेसम्म सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन आएको र यसै अनुसार तयारी भइरहेको बताइएको छ ।

रासस/फाईल तस्वीर
 

Last modified on 2017-06-29 13:32:16

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts