बच्चा धेरै रुने समस्या छ ? शान्त बनाउनुहोस् यसरी

What's This?


Download our app to get more features

बालबालिका खेलाउने रहर कसलाई नहोला र ? सानासाना बालबालिकालाई आफ्नो काखमा खेलाउन पाउँदा धेरै मानिसहरु खुसी हुन्छन् । 
 

तर बच्चा निरन्तर रोएमा मानिसहरु झर्को मान्छन् । कहिले काँही लामो समयसम्म पनि बच्चाको रुवाई कम हुँदैन । यस्तो समयमा बच्चाको आमा कसरी आफ्नो छोरा या छोरीलाई चुप गराउने भनेर सोच्न थाल्दछन् । बच्चालाई चुप गराउन विभिन्न उपाय लगाउँछन् । जसले गर्दा आमा वा अभिभावकलाई समस्या हुने गर्छ । तर अब यो समस्यालाई सजिलै समाधान गर्न सकिने भएको छ । 

स्विडेनको लुंड युनिभर्सिटीमा गरिएको अध्ययनमा रोइरहेको बच्चालाई शान्त गराउने बारे अध्ययन गरिएको छ । प्रमुख सोधकर्ता काज्सा लडग्रेन भन्छन् “जो बच्चा दिनमा तीन घण्टा भन्दा बढी रुने गर्दछन् उनीहरुको लागि अकुपञ्चर सबैभन्दा उत्तम उपाए हो ।” रोइरहेको बच्चाको पैताला र औलाहरुमा दावाईदिएमा उनीहरु रुन कम गर्दछन् । सानासाना बालबालिकाहरु जबसम्म बोल्न सक्दैनन् तबसम्म आफ्ना समस्याहरु रोएर बुझाउने गर्दछन् । उनीहरुमा पेटमा दुखाई, टाउकोमा दुखाई र पेटमा ग्याँस भरिने समस्याले बच्चाहरु रोएको हुनसक्छन् । यस्तो अवस्थामा उनीहरुको पैँतालाको औलाहरुमा ३ मीनेटसम्म दवाउने हो भने उनीहरुलाई आराम मिल्दछ ।
 

यो अध्ययन जनरल एकुपञ्चर इन मेडिसिनमा प्रकाशित भएको थियो । 

Last modified on 2017-07-02 12:47:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts