चुइगंम चपाउनुको फाइदा थाहा छ ?
चिसो मौसम यतिबेला चलिरहेको छ । यस मौसममा घामको मजा लिनुको छुट्टै अनुभव हुन्छ । तर, रातिको खाना खाइसकेपछि चिसो हावाबाट बच्ने क्रममा बाहिर डुल्ने मन कसैको हुँदैन । फलस्वरूप अमिलो डकार र खाना पचाउनमा धेरै नै गाह्रो हुन्छ । हालै ब्रिटेनमा गरिएको एक नयाँ अध्ययन अनुसार यि समस्याबाट राहत पाउनका लागि चुइगंम चपाउनु फाइदाजनक हुन्छ ।
ब्रिटिश वैज्ञानिकहरुद्वारा गरिएको अध्ययनमा भनिएको छ , रातिको खाना खाइसकेपछि चुइगंम चपाउनाले भोजन नली (ईसोफेगस) मा भएको एसिड र अमिलो डकार कम गर्न सकिन्छ । चुइगंमले सलाइवा तिव्र रुपले बन्छ, जसले पेटमा बन्ने एसिडलाई तीव्रताका साथ कम गर्छ । अर्थात् भोजन पछि चुइगंम चपाउनाले अमिलो डकारको समस्या धेरै हद सम्म कम हुन्छ । साथै छातिमा जलनको समस्या छ भने चुइगंम चपाउनाले त्यसमा राहत हुन्छ । चुइगंम चपाएर बन्ने सलाइवाले भोजन नलीमा उत्पन्न हुने अमिलो डकार र एसिडलाई पेटमा पठाइदिन्छ ।
वैज्ञानिकहरुका अनुसार चुइगंम चपाउनुस तर ध्यान दिनुस कि त्यो चुइगंम शुगर फ्री वा कम शुगर चएको होस् । जसले तौल नियन्त्रणका साथै दांँतमा क्याबिटीको समस्याबाट तपाईलाइ बचाइ राखोस् ।
अमेरिकी हेल्थ एक्सपट्र्सका अनुसार चुइगंम चपाउनाको अझै केहि फाइदाहरु छन् । जस्तै ः पुरै मुखको एक्सरसाइज हुने, जो अनुहारमा भएको बोसोयुक्त कोषहरुलाई नष्ट गर्नमा प्रभावकारी हुन्छ । अर्थात् आकर्षक नदेखिने र सुन्निएको जस्तो देखिने गालाको समस्यामा चुइगंम चपाउनाले फाइदा हुन्छ ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>