खुट्टा हल्लाउने बानी छ ? हृदयघात होला !
काठमाण्डौं, १८ माघ । के तपाँईको खुट्टा हल्लाइरहने बानि छ ? यदि छ भने आजैबाट छोड्नुस् । किनभने खुट्टा हल्लाइरहने बानीले मुटुसम्बन्धि रोग लाग्न सक्छ । चिकित्सा विज्ञानका अनुसन्धानकर्ताहरुले निरन्तर खुट्टा हल्लाइरहने बानी रेस्टलेस सिण्ड्रोमको लक्षण हुन सक्ने बताएका छन् । यसकारण शरीरमा आइरनको मात्रा कमी हुने बताएका छन् । अनुसन्धानले यस्तो लक्षण ३५ वर्षभन्दा माथिको समयमा १० जनालाई देखिने समेत बताएका छन् ।
हार्वड मेडिकल स्कुल बोष्टनका अनुसन्धानकर्ताहरुले यो तथ्य हालै सार्वजनिक गरेका हुन् । अनुसन्धानका प्रमुख प्राध्यापकहरुका अनुसार रेस्टलेस सिण्ड्रोमबाट पीडित व्यक्ति औषतमा निद्रा लाग्नु पहिले २ सय देखि ३ सय पटकसम्म आफ्नो खुट्टा हल्लाउने गर्दछन् । यसरी लगातार खुट्टा हल्लाउनाले हृदयघातको सम्भावना दुई गुणाले बढ्ने उल्लेख अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् ।
रेस्टलेस सिण्ड्रोम स्नायु प्रणालीसँग सम्बन्धित रोग हो । खुट्टा हल्लाउने व्यक्तिमा डोपामाइन हर्मोन सञ्चार हुने कारण निरन्तर खुट्टा हल्लाइरहन मन लाग्ने गर्दछ । यसलाई मेडिकल भाषामा स्लिप डिर्सडर पनि भनिन्छ । यो रोग शरीरमा आइरन तत्वको कमीका कारण हुने अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन् । यसको अलवा मिर्गौला, पार्किन्सनबाट ग्रसित बिरामी तथा गर्भवति महिलाको सुत्केरी हुने अन्तिम दिनमा आउने हर्मोन परिवर्तनका कारण पनि यस्तो समस्या आउने अध्ययनकर्ताहरुले उल्लेख गरेका छन् ।
मेडिकल जर्नलमा प्रकाशित उक्त अध्ययनमा अनुसार यस्तो रोगका लक्षण शुरुमा खुट्टामा झम्झमाउने तथा चिरीक्क दुख्ने गर्दछ । त्यस्तै दिनको समयमा बस्दा खुट्टा हल्लाउन मन लाग्ने तथा रातको समयमा निदाउँदा पनि खुट्टा हल्लाउने समस्या देखा पर्दछ । साथै थकाई लाग्नुका साथै के गरुँ गरुँ हुने लक्षणहरु देखा पर्ने अध्ययनको निश्कर्ष छ ।
अध्ययनकर्ताहरुले यस्तो समस्या भएका बिरामीलाई उपचारको लागी चिकित्सकको सल्लाहमा आइरन चक्किको सेवन गर्नुपर्ने बताएका छन् । त्यस्तै सुत्नुभन्दा २ घण्टा अगाडि सेवन गर्नुपर्ने हुन्छ । यसले निद्रालाई सन्तुलन गर्ने उनीहरुको भनाई छ । त्यस्तै खुट्टा हल्लाउन मन लागे अन्य शारीरिक व्यायम गर्नुपर्ने अनुसन्धानकर्ताहरुको सुझाव छ । त्यस्तो व्यायामहमा तातो तथा चिसो पानीले नुहाउने, भाइब्रेटिङ प्याडमाथी खुट्टा राखेर थर्काउने आदि उपचार गर्नुपर्ने अध्ययनकर्ताहरुको दावी छ ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।