नेपाल अर्बुदरोग निवारण संस्थाद्वारा पाठेघरको मुखको क्यान्सर परीक्षण
काठमाण्डौ, १८ माघ । नेपाल अर्बुद रोग निवारण संस्था र भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोग र निश्चल महिला सशक्तिकरण घट्टेकुलोको आयोजनामा एक दिने पाठेघरको मुखको क्यान्सरको परीक्षण शिविर सञ्चालन गरेको छ ।
उक्त शिविरमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. एलिजा श्रेष्ठका साथै भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक टोलीको सहभागिता रहेको थियो । शिविरमा महिलाहरुको उल्लेखिय सहभागिता रहेको आयोजकले बताएको छ ।
कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले राजधानी लगायत देशका कुनाकुनामा क्यान्स रोग सम्बन्धी शिविर गरिने बताए ।
नेपाल अर्बुद रोग निवारण संस्थाले काठमाण्डौं लगायत देशका गामिण क्षेत्रका ४२ जिल्लामा शाखा विस्तार गरी समय समयमा निशुल्क क्यान्सर रोग सम्बन्धी शिविर गर्दै आएको छ
Reporter
View Other Stories by Author >>