महिनौं देखि प्रतिष्ठानहरुमा पदाधिकारी रिक्त, उपकुलपति बन्न मन्त्रीका सल्लाहकारदेखि पूर्वपदाधिकारी सम्मको दर्खास्त
काठमाण्डौं, १८ माघ । पद रिक्त भएको लामो समय भैसक्दा समेत सरकारका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त हुन सकेका छैनन् ।
महिनौं बितिसक्दा पनि सरकारले उपकुलपतिविहीन भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति गर्न सकेको छैन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नौ महिनादेखि उपकुलपति विहीन छ । कर्णालीका उपकुलपति डा. पारसकुमार आचार्यको कार्यकाल नौ महिना पहिलेनै सकिएको हो । त्यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीको गत भदौमै कार्यकाल सकिए पनि सरकारले त्यहाँ नयाँ उपकुलपति नियुक्त गर्न सकेको छैन । त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. बलभद्रप्रसाद दासको गत पुस २० गते कार्यकाल सकिएपछि प्रतिष्ठान उपकुलपतिविहीन भएको हो । त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको तीन वर्ष बितिसक्दा समेत उपकुलपति नियुक्त हुन सकेको छैन ।
लामो समयसम्म चारवटै मेडिकल कलेजमा सरकारले उपकुलपति नियुक्तिमा चासो नदेखाउँदा मेडिकल कलेजबाट हुने दैनिक कामकाज प्रभावित भएको छ । उपकुलपतिविहीन हुँदा महत्वपूर्ण निर्णय समेत हुन सकेका छैनन् भने बीपी र कर्णाली निर्देशक विहीन भएका छन् । कर्णालीका रजिस्ट्रार श्याम लम्साल र निर्देशक जाबेद खाँको पदावधि सकिएको लामो समय बितिसक्दा पनि उपकुलपति नियुक्त हुन नसक्दा ती दुवै पदमा नयाँ नियुक्ति हुन ढिलाई भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि कांग्रेसले आफ्नो पक्षका व्यक्तिलाई उपकुलपति बनाउने अडान लिएको छ भने सरकारको नेतृत्व लिएको माओवादीले पाटन स्वास्थ्य प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्नो पक्षका व्यक्तिलाई उपकुलपति बनाउने अडान राखेको छ । दुवै पक्षको आ आफ्नो अडानले सहमति हुन नसकेको स्रोतले दावी छ ।
के छ नियुक्तिको प्रावधान ?
उपकुलपति नियुक्तिका लागि स्वास्थ्यमन्त्रीले प्रधानमन्त्री समक्ष तीन तीन जनाको नाम सिफारिस गर्नु पर्छ । यसरी गरीएको सिफारीसमा प्रधानमन्त्रीले सिरफारिस मध्ये एक एकजनालाई उपकुलपति बनाउँने प्रावधान रहेको छ ।
स्वास्थ्यमन्त्रीले नाम सिफारिस गर्नु पर्ने भए पनि हालसम्म स्वास्थ्य मन्त्री गगन थापाले कुनै पनि मेडिकल कलेजका उपकुलपतिका लागि नाम सिफारिस गरेका छैनन् । चारवटै मेडिकल कजेलमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिसकेको हुँदा केही दिनभित्रमै उपकुलपति नियुक्तिका लागि मन्त्रालयले प्रधानमन्त्रीसमक्ष नाम सिफारिस गर्ने मन्त्रालयले जनाएको छ ।
वीपी कोइराला विज्ञान प्रतिष्ठानमा १६ जनाको आवेदन
बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहाकार समेत रहेका डा. रामेशराज कोइराला सहित १६ जना चिकित्सकले आवेदन दिएका छन् ।
स्वास्थ्य मन्त्रालयले एक हप्ता अघि निष्पक्ष र योग्य व्यतिmलाई उपकुलपतिमा नियुक्ति गर्न १० पृष्ठ लामो कार्ययोजना सहित दरखास्त आह्वान गरेको थियो । दरखास्त दिने अन्तिम दिन अर्थात माघ १७ गते १६ जना चिकित्सकले १० पृष्ठ लामो कार्ययोजना सहित दरखास्त दिएको चिकित्सा सेवा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले बताए ।
अन्य तीन प्रतिष्ठानमा यस अघिनै दरखास्त आइसकेकाले छिटै उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरिने डा. श्रेष्ठले जानकारी दिए ।
अन्य प्रतिष्ठानहरुमा पनि उपकुलपति बन्न प्राध्यापक एवं चिकित्सकहरुले आवेदन हालेका छन् । अन्यको तुलनमा जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवेदन हाल्नेको संख्या भने कम छ । दुर्गम भएका कारण त्यहाँको पदाधिकारी बन्न धेरैले चाहना देखाएका छैनन् । ठूलो अस्पताल, शैक्षिक कार्यक्रम र बजेट भएका प्रतिष्ठानमा पदाधिकारी बन्ने धेरैको दाऊ छ ।
बिपीमा दरखास्त दिने १६ चिकित्सक
प्रा.डा. रुपा राजभण्डारी
प्रा.डा. प्रह्लाद कार्की
प्रा.डा. संगीता भण्डारी
प्रा.डा. गौरीशंकर शाह
प्रा.डा. नीलाम्बर झा
प्रा.डा. गुरुप्रसाद खनाल
प्रा.डा. बलभद्रप्रसाद दास
प्रा.डा. चन्द्रशेखर अग्रवाल
प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ
प्रा.डा. राजकुमार रौनियार
प्रा.डा. विश्वजाथ यादव
डा. अरविन्दकुमार सिंह
डा. जगन पाण्डेय
डा. ज्ञानेन्द्र गिरी
डा. केशवप्रसाद सिंह
डा. रामेशराज कोइराला
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दरखास्त दिने चिकित्सक
डा. आरपी बिच्छा
प्रा. गोपी अर्याल
डा. निलाम्बर झा
डा. श्रीकृष्ण श्रेष्ठ
डा. राजेन्द्र वाग्ले
डा. अनिलकुमार मिश्र
डा. ज्ञहनाथ बराल
डा. भरतकुमार यादव
डा. पारसकुमार आचार्य
डा. जयनारायण साह
डा. बुद्ध बस्नेत
डा. संगिता भण्डारी
डा. ज्ञान कायस्थ
डा. रुप राजभण्डारी सिंह
डा.श्रीकृष्ण गिरी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दरखास्त दिने चिकित्सक
डा. तारानाथ पौडेल
डा. बुद्धिबहादुर थापा
डा. निलाम्बर झा
डा. ज्ञहनाथ बराल
डा. कुल शर्मा
डा. डुकबहादुर क्षेत्री
डा. संगीता भण्डारी
डा. प्रदीप घिमिरे
डा. धर्मराज श्रेष्ठ
डा. रुप राजभण्डारी सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दरखास्त दिने चिकित्सक
डा. विकास सुवेदी
डा. अमिरबाबु श्रेष्ठ
डा. राजेन्द्र वाग्ले
डा. ज्ञहनाथ बराल
डा. धर्मराज श्रेष्ठ
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>