धामीझाँक्रीको उपचारबाट क्यान्सर पिडीत महिलाको मृत्यु



Download our app to get more features

रुकुम, १८ माघ । रुकुममा धामीझाँक्रीबाट उपचार गराउँदा एक महिलाको मृत्यु भएको छ । पेटको क्यान्सरबाट पिडीत भलाक्चा–४, रुकुमकी ४० वर्षीया धनमाया बुढाको धामीझाँक्रीबाट उपचार गराउने क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । दुई महिनादेखि पेटको क्यान्सरबाट पीडित  बुढाको मृत्यु भएको हो । 

आर्थिक अभाव हुँदा पेटमा क्यान्सर भएपनि उनको उपचार हुन सकेको थिएन । उपचार गराउने पैसा नभएपछि आफन्तले गाउँमा धामीझाँक्री लगाएको मृतकका श्रीमान् देवीराम बुढाले जानकारी दिए । 

उपचारको लागि सहयोग माग्दै जिल्लाका सबै ठाउँमा पुगेपनि कसैले सहयोग नगर्दा श्रीमतीको मृत्यु भएको देवीरामको गुनासो छ ।
देविराम पनि अहिले प्यारालाइसिसबाट पीडित छन् । आमाको मृत्यु र बुबा प्यारालाइसिसबाट पीडित भएपछि उनका चार छोराछोरी बिचल्लीमा परेका छन् । रासस 

 

Last modified on 2017-06-29 13:44:21

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts