११ प्रतिशत सरकारी स्वास्थ्य संस्थामा मात्र सम्पुर्ण आधारभुत स्वास्थ्य सुविधा
काठमाण्डौं, १७ माघ । नेपालको करिव ११ प्रतिशत सरकारी स्वास्थ्य संस्थाहरुमा मात्र सम्पुर्ण आधारभुत स्वास्थ्य सुविधाहरु उपलब्ध भएको तथ्य सार्वजनिक भएको छ ।
सोमवार सार्वजानिक गरिएको नेपालको पहिलो विस्तृत राष्ट्रिय स्तरको स्वास्थ्य संस्था सर्वेक्षण २०१५ ले यस्तोे तथ्यांक बाहिर ल्याएको हो ।
तथ्यांक अनुसार आधारभुत स्वास्थ्य सुविधाहरु मध्ये स्वास्थ्य संस्थाहरुमा सफा चर्पिको व्यवस्था, स्वस्थ खानेपानी, नियमित विद्युत सेवा, सञ्चारका सुविधाहरु, बिरामी परीक्षणमा गोपनियता र आकस्मिक यातायातको सुविधा मध्ये सबै सुविधा उपलब्ध भएको स्वास्थ्य संस्थाहरु जम्मा ११ प्रतिशत रहेको अध्ययनको तथ्यांकले देखाएको छ ।
सर्वेक्षणले निजि र सरकारी स्वास्थ्य संस्थाहरुले उपलब्ध गराउँदै आएको स्वास्थ्य सुविधाहरुको तथ्यांक पनि सार्वजनिक गरेको छ । जसमध्ये आकस्मिक उपचारको लागी अत्यावश्यक पर्ने अक्सिजन फ्लो गर्ने मिटर २.५ प्रतिशत सरकारी स्वास्थ्य संस्था र ४९.३ प्रतिशत निजि स्वास्थ्य संस्थाहरुमा मात्र उपलब्ध रहेको छ ।
त्यस्तै सबै स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक उपकरण र अैषधिहरुको उपलब्धतामा धेरै असन्तुलन रहेको समेत देखिएको छ । करिव ९० प्रतिशत संस्थाहरुमा अत्यावश्यक पर्ने स्टेथस्कोप, रक्तचाप नाप्ने यन्त्र, थर्मोमिटर लगायत उपकरणहरु उपलब्ध भएपनि निकै थोरै संस्थाहरुमा मात्र नवजात शिशु मापन गर्ने स्केल रहेको सर्वेक्षणले देखाएको छ । सरकारले उपलब्ध गराएको आधारभुत १८ प्रकारको औषधि उपलब्ध गराउने स्वास्थ्य संस्थाहरु १ प्रतिशतमात्र रहेको पनि तथ्यांकले देखाएको छ ।
सर्वेक्षणले निजि र सरकारी स्वास्थ्य संस्थाहरुले उपलब्ध गराउँदै आएको स्वास्थ्य सुविधाहरुको तथ्यांक पनि सार्वजनिक गरेको छ । जसमध्ये आकस्मिक उपचारको लागी अत्यावश्यक पर्ने अक्सिजन फ्लो गर्ने मिटर २.५ प्रतिशत सरकारी स्वास्थ्य संस्था र ४९.३ प्रतिशत निजि स्वास्थ्य संस्थाहरुमा मात्र उपलब्ध रहेको छ ।
सर्वेक्षणमा परेको ९ सय १९ स्वास्थ्य सस्थाहरुमा सिजेरियन मार्फत प्रसुति गराउने ५३ प्रतिशत रहेको छन् भने ४९ प्रतिशतले नर्मल प्रसुति मार्फत नवजात शिशुलाई जन्म दिएका छन् ।
स्वास्थ्य मन्त्रालय, जन स्वास्थ्य प्रशासन, अनुगमन तथा मुल्याकंन महाशाखा अन्र्तगत भएको सो सर्वेक्षणले ९ सय ६३ स्वास्थ्य संस्थाहरुमा प्रत्यक्ष अवलोकन मार्फत तथ्यांक प्रशोधन गरिएको हो । त्यस्तै ४ हजारभन्दा बढि स्वास्थकर्र्मिको यस सर्वेक्षणमा सहभागित थियो ।
याक यति होटलमा आयोजित एक समारोहमा उक्त सर्वेक्षण जनस्वास्थ्य प्रशासन, मुल्याकंन तथा अनुगमन महाशाखाका प्रमुख डा.दिपेन्द्र रमन सिंहले सार्वजनिक गरेका थिए । डा. सिंहका अनुसार सर्वेक्षण नेपाल स्पास्थ्य संस्थन सर्वेक्षण, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य क्षेत्रका साझेदारी संस्थाहरुबाट गरिदै आएको विभिन्न सर्वेक्षणहरुलाई एकिकृत गरी तयार गरीएको बताए । उनले महाभुकम्प प्रभावित १४ जिल्लाहरुमा सरकारले उपलब्ध गराउंदै आएको स्वास्थ्य सुविधाहरुमा कुनै फरक नपरेको बताए ।
सर्वेक्षणले स्वास्थ्य संस्थाहरुले दिइने सेवाहरु, बाल स्वास्थ्य, परिवार नियोजन, गर्भवति सेवा, मातृ स्वास्थ्य अन्र्तगत गर्भवति सेवा, प्रसुति तथा नवजात शिशु स्याहार, संक्रमरण रोग नियन्त्रण अन्र्तगत एचआईभि एड्स, औलो, क्षयरोग, नसर्ने रोग अन्र्तगत मधुमेह, हृदय रोगm श्वास प्रस्वास समब्न्धि दीर्घ रोगका सेवाहरु लगायतका स्वास्थ्य समस्याबारे विस्तृत अध्ययन गरी पछिल्लने अवश्थाबारे तथ्यांकहरु सार्वजनिक गरेको छ ।
सर्वेक्षणका लागी यूएसएड, डिएफआइडि र डब्लुएचओले आर्थिक सहयोग गरेका हो । त्यस्तै डिएचएसपि मार्फत आईसिएफ र डिएफआइडि मार्फत स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रमले प्राविधिक सहयोग गरेका थिए । साथै सर्वेक्षणको तथ्यांक विश्लेषण तथा सम्पादन न्यू एरा नामक अनुसन्धान संस्थाले गरेको हो ।
सर्वेक्षणले स्वास्थ्य संस्थाहरुले दिइने सेवाहरु, बाल स्वास्थ्य, परिवार नियोजन, गर्भवति सेवा, मातृ स्वास्थ्य अन्र्तगत गर्भवति सेवा, प्रसुति तथा नवजात शिशु स्याहार, संक्रमरण रोग नियन्त्रण अन्र्तगत एचआईभि एड्स, औलो, क्षयरोग, नसर्ने रोग अन्र्तगत मधुमेह, हृदय रोगm श्वास प्रस्वास समब्न्धि दीर्घ रोगका सेवाहरु लगायतका स्वास्थ्य समस्याबारे विस्तृत अध्ययन गरी पछिल्लने अवश्थाबारे तथ्यांकहरु सार्वजनिक गरेको छ ।
त्यस्तै सरकनरी स्वास्थ्य सस्थाहरुमा प्राप्त आधारभुत उपकरणको उपलब्धता, संक्रमण्म रोग नियन्त्रणको लागी अपनाइने मापदण्ड, प्रयोगशाला निदान क्षमता, आवश्यक औषधिको उपलब्धता लगायत आधारभुत स्वास्थ्य सेवाको उपलब्धताबारे पछिल्लो अवस्था प्रष्ट देखाएको छ ।
सर्वेक्षण सार्वजनिक कार्यक्रम जनस्वास्थ्य प्रशासन, मुल्याकंन तथा अनुगमन महाशाखाका प्रमुख डा.दिपेन्द्र रमन सिंहको अध्यक्षतामा प्रमुख अतिथिहरु यूएसएडको नेपाल प्रमुख डा. साण्ड्रा स्टिमुर्ट, डक्लुएचओका नेपाल प्रतिनिधि डा जोश लगायतका व्यक्तिहरु सहभागी थिए ।
त्यस्तै कार्यक्रममा स्वास्थ्य विभाग अन्र्तगत महाशाखा प्रमुखहरुले सर्वेक्षणको तथ्यांक स्लाइड मार्फत प्रस्तुतसमेत गरेका थिए ।
Reporter
View Other Stories by Author >>