भक्तपुर अस्पतालमा आइसियु सेवाका लागि पहल गरिने
भक्तपुर, १७ माघ । भक्तपुर अस्पतालले सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा ल्याउन पहल गर्ने भएको छ ।
अस्पतालका नव नियुक्त अध्यक्ष प्रेम खड्काले आज पदभार ग्रहण गर्दै अस्पतालमा आउने बिरामीलाई अन्यत्र पठाउन नपर्ने गरी गुणस्तरीय एवम् विश्वसनीय सेवा विस्तार गर्ने र आइसियु सञ्चालनमा ल्याउने कार्यमा आफू लाग्ने बताए ।
अस्पतालमा आइसियु सेवा सञ्चालनमा नआउँदा धेरै बिरामी बाहिर पठाउनुपर्ने अवस्था सिर्जना भएको आफूले पाएको बताउँदै उनले यस्ता समस्या समाधान गर्न आफू निरन्तर लागिरहने बताए ।
उनलाई अस्पतालका सुपरिटेन्डेन्ट डा हरिबहादुर केसीलगायतका कर्मचारीले स्वागत गरेका थिए ।
डा केसीले उनलाई अस्पतालले दिँदै आएको सेवा, सुविधा, अस्पतालको अवस्था, गर्नुपर्ने कामका बारेमा जानकारी गराए थियो । रासस
Last modified on 2017-07-02 12:50:48
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>