मिस नर्स अव मिस पिसका रुपमा हुने
हाम्रो डक्टरको समाचारको प्रभाव
काठमाण्डौं १७, माघ । मिस नर्स नेपाल प्रतियोगीता अव मिस नेपाल पीसका रुपमा हुने भएको छ । नेपाल नर्सिङ संघले नर्सहरुलाई बस्तुको रुपमा प्रयोग गरिएको भन्दै प्रतियोगीताको विरोध गरेको समाचार हाम्रो डक्टरमा प्रकाशित भएसंगै आयोजक नेक्स्ट मोडल्स नेपालले प्रतियोगीताको नाम परिवर्तन गरेको हो ।
नर्सिङ पेशामा आबद्ध भएका र हुन चाहने युवतीहरुको सौन्दर्य एवं बौद्धिकताको प्रतियोगिताका रुपमा विगत तीन वर्ष देखि आयोजना संचालन हुादै आएको ‘मिस नर्स नेपाल’ प्रतियोगिताको चौथौं संस्करणसम्म आइपुग्दा ‘मिस नेपाल पिस’का रुपमा परिवर्तत भएको हो ।
प्रतियोगिता मार्फत् स्वास्थ्य परिचारिकाहरुलाई नर्सिङ पेशाप्रति थप जिम्मेवार, समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन ‘मिस नर्स नेपाल’ आयोजन गरिंदै आएको आयोजकको दावी छ । यस पटक देखि यसलाई अझ वृहत् र विस्तारित स्वरुप दिन मिस नेपाल पिसका रुपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । अस्वस्थ व्यक्तिको मानसिक र शारारिक शान्तिमा स्वास्थ्य परिचारिकाहरुको अग्रणी भूमिका हुने भएकाले मिस नेपाल पिसको अवधारणा अगाडि ल्याइएको आयोजक पक्षको भनाई छ ।
नेपाल ब्रेस्ट क्यानसर फाउन्डेसनको सहकार्यमा नेक्स्ट मोडल्स नेपालले आयोजना संचालन हुने ‘मिस नेपाल पिस २०७३’ लागि हालै अडिसन राउन्ड संचालन गरिएको छ । जसमा नर्सिङ पेशामा संलग्न एवं नर्सिङ अध्ययन गर्दै गरेका युवतीहरुको बाक्लो सहभागिता रहेको थियो । उनीहरु मध्येबाट आत्मविश्वास, व्यक्तित्व, नर्सिङ पेशा प्रति लगाव र जिम्मेवारी बोध, सकरात्मक सोच, प्रतिभा लगायतका कुरालाई विचार गरी तीन दर्जन भन्दा बढी सहभागिहरु ‘मिस नेपाल पिस २०७३’को फाइनल प्रतिस्पर्धाका लागि छनौट गरिएका छन् ।
फाइल फोटो