स्वास्थ्य मन्त्रालयले हचुवामा बनाएको कार्यविधि आइएलओको मान्यता विपरित  



Download our app to get more features

काठमाडौं बसेर, सतहसम्म नपुगेर नयाँ नियम बन्न सक्नु ठुलो विषय भएन तर लागू गर्न कति सम्म सम्भव छ ? वीर र कान्ति अस्पतालमा केहि हद सम्म त यो व्यवहारिक हुन सक्ला तर बाहिरको अस्पताल कहिले नघुमेकाले बनाएको सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी एवं कर्मचारीको सेवा शर्त र सुविधासम्वन्धि कार्यविधि २०७३ कार्यान्वयनमा आउन त्यति सहज छैन । 

स्वास्थ्य मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीको व्यवहारिक पाटोलाई अध्ययन नै नगरी तयार पारेको सेवा शर्त र सुबिधा सम्बन्धि कार्यविधि, २०७३ कार्यान्वयनमा आउन निकै कठिन छ । कार्यविधिले अन्तराष्ट्रिय श्रम संगठन आइएलओको विश्वव्यापी मान्यताको समेत उल्लघंन गरेको छ । यस कार्यविधिले चिकित्सकहरुलाई  overtime गर्न वाध्य पारेको छ । जुन आइएलको मान्यताविपरित छ । 

यी कारणले कठिन छ कार्यान्वयन 

१. सरकारी अस्पतालमा दिनको दुई पटक round लिईन्छ प्रत्येक round almost १ घन्टा भन्दा बढीको हुन्छ । यो नियम अनुसार अब साँझको round बन्द गर्नु पर्ने हुन्छ ।

२. शनिबार र अन्य बिदाको दिन पनि सधै round को समयमा consultant ले round लिने गर्छ जुन बिहान र बेलुकी गरि ३ घन्टा जति को हुन्छ । नियमानुसार अब त्यस्को आवश्यक्ता देखिएन । 

३. on duty  on callon call पर्याप्त जनशक्ति र आवास सुबिधा भएको ठाँउमा सम्भव हुन्छ । जुन नेपालको कुनै पनि सरकारी अस्पतालमा छैन ।  वीर, कान्ती र प्रसूतिगृह अस्पतालमा resident बिद्यार्थी हुन्छन र केहि हद सम्म सम्भव हुन सक्छ । 

४. कुनै पनि काम overtime गर्ने नगर्ने, त्यो कामदारको आफ्नो ब्यक्तिगत निर्णय हो । लादन पाईन्न ।

५. ५०५ भत्ता वढायो भन्दैमा overtime को रूपमा विस्तारित आस्पताल सेवा (EHS) सेबाको तर्क निकै हस्यास्पद छ ।
६. बाहिर प्राय जस्तो अस्पतालमा एउटा विषयको एक जना भन्दा बढी विशेषज्ञ छैन । जसले नियम बन्नु अगाडिदेखि परेको बेला सधै
call attend गरेकै छन । यो नियम पछि अब duty भएको दिन भन्दा अर्को समय त खुट्टा उठाउनु नि मिलेन !

यो देशमा जहा चिकित्सकको promotion प्रशासनिक परिक्षा दिएर हुन्छ । जहा २ /३ बर्ष पढेर गरेको bachelor र २ बर्ष लगाएर गरिएको masters लाई ६ बर्षको MBBS र ३ बर्षको MD जतिकै सुबिधा दिईन्छ । 

जहा अन्य विषयमा pvt बाट masters सम्मको पढाई ५ देखी ६ लाख सम्म सक्छ तर हाम्रो level  या education लाई करोड भन्द माथी तिर्नु पर्छ ।

जहा बिश्व कै ठुलोहरुमा पर्ने सांसद संख्या छ । र उनीहरुको सेवा सुबिधा कुनै पनि पेशाकर्मी भन्दा बढी छ । विधायकहरुले बुझ्दै नबुझी र मन्त्रालयले व्यवहारिक अध्ययन नै नगरी तयार पारेको नियमावली हामीले किन मान्ने ? 

Last modified on 2017-06-29 13:48:33

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. लाटा देशमा गाँडा तन्नेरी भनेको यहि नै होला सायद ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts