ल्याबमा बन्यो मानिस र सुगुँरको भ्रुण
अमेरिकामा वैज्ञानिकहरुले ‘मानव–सुगुँर’ का कोषहरुबाट भ्रुण बनाएर नयाँ उपलब्धी प्राप्त गरेका छन् । ल्याबमा तयार गरिएको यो भ्रुण मानिस र सुगुँरको कोषहरुलाई मिलाएर बनाइएको छ । यो प्रक्रियाको माध्यमबाट बिरामीको शरीरमा भएको प्रमुख कोषलाई सुगुँरको जस्तै ठूलोे जनावरको शरीरमा विकसित गरिन्छ । यो कोषहरुको सहयोगले मानव अंगहरुलाई विकसित गर्न सकिन्छ ।
एक पटक अंगहरु विकसित भइसकेपछि त्यसलाई बिरामीको शरीरमा ट्रान्सप्लान्ट गरिन्छ । यस अवस्थामा शरीरद्वारा विकसित गरिएको अंगलाई अस्वीकार गर्ने सम्भावना भने निकै नै कम हुन्छ । यो प्रयोगको सफलतापछि अब मानिसको अंगहरुलाई सजिलै विकसित गर्न सकिनेछ । यसको प्रयोगको सफलताले संसारभर अंग प्रत्यारोपणका लागि मानव अंगहरुको अभावको समस्या नहुने आशा गरिएको छ ।
यसअघि मानिस र सुगुँरको साझा भ्रुणहरुलाई किमेरा नाम दिइएको छ । वैज्ञानिकहरुको यो उपलब्धी ट्रान्सप्लान्टेबल भ्रुणको अनुसन्धानको क्रममा भेटेको हो । यूनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरुको समूहका एक सदस्य डेविसले यस प्रयोगको बारेमा जानकारी दिँदै भने, ‘सुगुँरको भ्रुण सँग मानिसको कोषहरु मिसाउनाले जुन जीव बन्नेछ, त्यो सामान्य सुगुँर जस्तै देखिन्छ । उक्त भ्रुणको व्यवहार पनि सामान्य सुगुँर जस्तै हुने आशा पनि गरिएको छ । तर यो नयाँ सुगुँरको भ्रुणको एक अंगमा मानव कोषहरु हुनेछ ।’
किमेरा भ्रुण २ तहमा तयार हुन्छ । यस प्रयोगमा सहभागि वैज्ञानिकहरुको टोलीले गरेको आशा अनुसार, मानव कोषहरु सुगुँरको भ्रुणको आनुवांशिक संरचनाबाट फाइदा लिने र गर्भमा मानवीय अमाशय (पाचन तंत्र) विकसित हुनेछ ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>