ऊनी लुगाले हुन्छ एलर्जी ? अपनाउनुस यि उपाय



Download our app to get more features

जाडोको मौसम सुरु भएसँगै ऊनी कपडाको व्यापार पनि फस्टाएको छ । जाडोबाट बच्नका लागि हामी ऊनी लुगा लगाउने गर्छौँ । जाडो मौसममा ऊनी लुगा लगाउनुको आफ्नै मजा छ । तर, यो मौसममा ऊनी लुगा लगाउनाले धेरै नै समस्या हुन सक्छ । ऊनी लुगा लगाउनाले छालामा एलर्जी हुन सक्छ । प्रत्येक वर्ष लगभग २० देखि ३० प्रतिशत महिलाहरु यो समस्याबाट पिडीत हुन्छन् ।

चिसो नभई एलर्जी

ऊनी लुगा लगाउने वितिकै तपाईँको अनुहारमा रातोपन, सुन्निने, नाक बन्द हुने, छाला चिलाउने जस्ता समस्या आउन सक्छ । यदि यस्तो छ भने बुझ्नुस तपाईँलाई ऊनी लुगाले एलर्जी छ । यि सबै समस्या धेरैदिन सम्म छालामा रहिरहन्छ । र जब ठिक हुन्छ फेरि छालामा आउन सक्छ । सामान्यतया यो समस्या हात र खुट्टामा देखिन्छ ।

डाक्टहरुका अनुसार ऊनी लुगा लगाउनाले ऐलर्जी हुने प्रमुख कारन हो सुक्खा छाला । कस्मेटिक स्किन एन्ड होम्योक्लीनिकका कस्मोटोलोजिस्ट एवम् होम्योफिजीशियन डाक्टर करुणा मलहोत्रा भन्छिन्, “सामान्यतया प्रत्येक मानिस कुनै न कुनै एलर्जीबाट ग्रसित हुन्छ, उनीहरुलाई ऊनी लुगाको एलर्जी धेरै नै हुन्छ । यो एलर्जी ऊनी र छालामा भएका रौँहरुका बीच हुने खिचावटबाट उत्पन्न हुन्छ । त्यस ठाउँको छाला रातो हुन्छ र सानो–सानो दाना निस्किन थाल्छ । जसले गर्दा छाला लगातार चिलाई राख्छ ।”

ऊनी लुगाको छालासँग सिधा सम्पर्क 

जाडो मौसममा ऊनी लुगाले एलर्जी हुने अर्को कारण भनेको ऊनी लुगाको छाला सँगको सिधा सम्पर्कमा आउनु हो । यसले अटिकेरियाको समस्या पनि हुन्छ । यसले प्रभावित अंगमा छाला रातो हुने र जलन हुने गर्छ । जलनका साथै छाला धेरै चिलाउने पनि हुन्छ । त्यस्तै कतिपय मानिसमा ऊनी लुगा लगाउनाले नाकबाट पानी आउन सुरु हुन्छ र आँखामा पनि लगातार पानी रहिरन्छ । यस अवस्थामा हामी सोच्छौँ यो चिसोले भएको हो । तर, यि सब हुनु भनेको ऊनी लुगाको एलर्जी हो ।

छाला कोमल भएमा 

डाक्टहरुका अनुसार, यो एलर्जी सामान्यतया उनमा हुन्छन् जिनका छाला निकै नै कोमल हुन्छ । विषेशगरी महिला, बच्चा र वृद्धवृद्धामा यो समस्या हुने गरेको पाइन्छ । छाला धेरै सुक्खा हुनु या धेरै नै कोमल हुनुले यो समस्या हुन्छ । कोमल भन्दा पनि सुख्खा छालामा यो समस्या भए निकै नै गाह्रो हुन्छ ।

बच्ने उपाय के हो ?

स्किनोलेजी स्किन र हेयर क्लिनिककी डर्माटोलोजिस्ट डाक्टर निवेदिता दादूका अनुसार, ऊनी एलर्जीको स्थायी रुपमा कुनै पनि उपचार छैन । यसलाई केहि समयको लागि औषधि प्रयोगले कम भने गर्न सकिन्छ । तर, यसको प्रभाव रहिरहन्छ । जसलाई उलन एलर्जीको समस्या धेरै नै हुन्छ उनीहरुमा यसको प्रभाव पनि लामो समयसम्म रहिरहन्छ । त्यस्ता व्यक्तिले फूल बाहुला भएको सुतिको भित्रि टिसर्ट वा इनय वेयर लगाउनु राम्रो हुन्छ । यसले छाला उलनको सिधा सम्पर्कमा आउँदैन र एलर्जीबाट बच्न सकिन्छ । उलनबाट एलर्जी हुनेले अन्य मानिसभन्दा धेरै लुगा लगाउनु पनि आवश्यक हुन्छ ।

हुन त सबै ऊनी लुगाबाट एलर्जी हुन्छ भन्ने हुँदैन । यदि तपाईले पत्ता लगाउन सक्नु हुन्छ कस्तो किसिमको ऊनी लुगाबाट एलर्जी हुन्छ भने उनी एलर्जी हुनबाट बच्न सकिन्छ । त्यसबाहेक ऊनी लुगा लगाउनु भन्दा पहिले छालामा कोल्ड क्रीम लगाउन सकिन्छ साथै उलन एलर्जीबाट बच्नका लागि मोइस्चराइजर अथवा बडि लोसनको पनि प्रयोग गर्न सकिन्छ । नुहाई सकेपछि पुरै शरीरिमा मइस्चराइजर वा बडि लोसन लगाउनाले ऊनी एलर्जीबाट राहत मिल्न सक्छ ।

त्यति मात्र नभई एलर्जी भएको ठाउँमा ओलिभ आयल (जैतुनको तेल) ले मसाज गर्नाले धेरै नै फाइदाहुन्छ । मोइस्चराइजर युक्त साबुनको प्रयोग गर्ने, पर्याप्त मात्रामा फल र तरकारी खाने, भिटामिन ई युक्त एउटा नाइट क्रीम खाने र त्यसलाई आफ्नो शरीर तथा अनुहारमा मसाज गर्ने । तातोपानीले नुहाने र थोरै भिजेकै शरीरमा मोइस्चराइजरको प्रयोग गर्ने । सुक्खा छालाको लागि ग्लिसरीन र गुलाब जल मिसाएर मोइस्चराइजर बनाएर प्रयोग गर्नाले ऊनीको एलर्जीबाट बच्न सकिन्छ ।


(एजेन्सीको सहयोगमा) 

Last modified on 2017-07-02 13:40:59

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts