अब वाथ मुटुरोगीको भल्वको शल्यक्रिया निःशुल्क हुने 



Download our app to get more features


काठमाण्डौ, १५ माघ । बाँसबारी स्थित शहीद गंगालाल हृदय केन्द्रमा फागुन १ गतेदेखि वाथ मुटुरोगीको भल्भको शल्यक्रिया निशुल्क हुने भएको छ । 

सरकारी स्वामीत्वमा रहेको केन्द्रको वार्षिकोत्सवका अवसरमा स्वास्थ्य मन्त्री गगन थापाले फागुन १ देखि निशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका हुन् । विशेषगरी वाथ मुुटुरोगका कारण बालबालिका र युवाहरुकाे समेत शल्यक्रिया गर्नुपर्ने हुन्छ । गंगालाल केन्द्र मटुरोगको केन्द्रीय सम्प्रेषण केन्द्र हो ।अब बाथ मुटुरोगीको भल्व शल्यक्रिया सेवा दिदै आएका सवै सरकारी अस्पतालहरुमा जुनसुकै नेपालीले निःशुल्क रुपमा यो सेवा पाउने भएका हुन् । 
वार्षिकोत्सव समारोहमा मन्त्री थापाले काम गर्ने उमेरका धेरै युवाहरुमा बाथ मुटुरोग लागी भल्व शल्यक्रिया गर्नु पर्ने भएकाले यस व्यवस्थाले ठुलो जनशक्तिलाई रहत पुग्ने विश्वास व्यक्त गरे । 
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सेवा काठमाडौ उपत्यका बाहिरका कम्तीमा पनि दुई ठाउमा विस्तार गरिने अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले जानकारी दिए ।  
्मन्त्री थापाले अस्पताल परिसरमा बनाउन लागिएको बहिरंग तथा आकस्मीक सेवा भवनको सिलन्यास समेत गरेका छन् । सो भवन झण्डै ४८ करोडको लागतमा तीन बर्षमा बनाउने लक्ष्य राखिएको कार्यकारी निर्देशक डा शर्माले जानकारी दिए । 

Last modified on 2017-07-02 13:45:42

1 Comments

  1. Butawalma Ra Biratnagarma bistar hos!


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts