नगरपालिका भएसँगै २४ घन्टे प्रसूति सेवा बन्द



Download our app to get more features

दाङ, १५ माघ । दाङको साविक हलवार गाविस नगरपालिकामा गाभिएसँगै त्यहाँ सञ्चालन भएको २४ घन्टे प्रसूति सेवा बन्द भएको छ । 
प्रसूति सेवा बन्द भएसँगै धेरै महिला घरमै सुत्केरी हुन बाध्य भएका छन । सर्वसुलभ स्वास्थ्य सेवा दिन खोज्दा विभिन्न समस्याका कारण सेवा दिन नसकिएको स्वस्थ्य चौकीका प्रमुख विमल केसीले बताए। 
सुगमताको हिसाबले हेर्दा हाल यो स्वास्थ्य चौकी नगरपालिकामा पर्दछ, भौगोलिक हिसाबले अति नै दुर्गम छ । विगत वर्षदेखि सञ्चालनमा आएको प्रसूति सेवा पनि बन्द भएको छ । 

गाविस हुँदा केही रकमको जोहो गरेर सञ्चालनमा ल्याएको र हाल सो गाविस नगरपालिकामा समायोजन हुँदा बजेट नछु्याएको र यतातिर कसैको ध्यान नपुग्दा बन्द गर्नुपरेको प्रमुख केसीले बताए । 

‘गाविस हुँदा आफूहरुका योजना तथा समस्या पनि सहजै सुनवाई तथा सम्बोधन हुने गर्दथ्यो । 

स्वास्थ्य चौकीले ११ हजार भन्दा बढी घरधुरीलाई सेवा दिने गर्दछ । २०७१ ‘साउनमा २४ घन्टे प्रसूति सेवा सञ्चालनमा ल्यायौँ। गाविस हुँदा यो व्यवस्थापनको लागि रकम विनियोजन गर्ने गर्दथ्यो । अहिले नगरपालिका भएपछि त्यो पनि हरायो, प्रमुख विमल केसीले भने । । रासस 

Last modified on 2017-07-02 13:48:35

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts