नियमविपरीत सञ्चालित फार्मेसी सिलबन्दी



Download our app to get more features

काठमाडौँ, १५ माघ । अनुगमनको क्रममा निर्देशन पालना नगरेको भन्दै कोटेश्वरमा रहेको शुभ फार्मेसीमा शुक्रबार सिलबन्दी गरिएको छ । 

आपूर्ति व्यस्थापन तथा उपभोक्ता हिंत संरक्षण विभागले नियमित रुपमा गरेको अनुगमनको क्रममा गत माघ २ गते उक्त फार्मेसीलाई म्याद नाघेको औषधि विक्री वितरण नगर्न निर्देशन दिएपनि पालना नगरेको पाइएपछि शुक्रबार सिलबन्दी गरिएको हो । 

त्यसैगरी विभागले गरेको अनुगमनको क्रममा बिपी स्टोर कोटेश्वरबाट म्याद नाघेको स्नोकर चक्लेट पाँच, मारी गोल्ड विस्कुट ८४ प्याकेट नस्ट गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए। 

त्यस्तै विष्णु फेन्सी स्टोर, न्यू लुक्स फेन्सी र पेरीस मेडीकल हल कोटेश्वरले आवश्यक कागजपत्र विनानै व्यवसाय सञ्चालन गरेको भन्दै सात दिन भित्र विभागमा आउन निर्देशन दिएको छ । 

ओम गणेश खाद्य स्टोर कोटेश्वरबाट मिति सकिएको ६ बोतल पेय पदार्थ पनि अनुगमनको क्रममा आज नष्ट गरिएको छ । रासस 

Last modified on 2017-07-02 13:49:31

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts