वृद्धावस्थामा हुने बिर्सने रोग डिमेन्सिया भनेको के हो ? (भिडियो सहित)



Download our app to get more features

वृद्धावस्था खस्कँदो उमेर हो । हरेक कारणले वृद्धावस्था कमजोर मानिन्छ । त्यसमा पनि वृद्धामा बढी  देखिने बिर्सने समस्या हो । यसलाई डिमेन्सिया भनिन्छ । वृद्धावस्थामा यस्तो समस्या किन आउँछ ? नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर प्रदीप पाण्डेको प्रतिक्रिया यस्तो छ:

बिर्सनी रोग वा डिमेन्सिया के हो ?
वृद्धावस्थाको जनाउ दिने कुरा डिमेन्सिया अर्थात बिर्सनी रोग पनि एक हो । वृद्धावस्था लागेसँगै मस्तिष्कका कोशिकाहरु बिस्तारै नष्ट हँुदै जान्छन् । जसकारण बिर्सने समस्या बढ्छ । यसलाई नै डिमेन्सिया रोग भनिन्छ ।

के सबै वृद्धवृद्धामा डिमेन्सिया रोग लाग्छ ?
बुढ्यौलीपन(६० वर्ष) बढेसँगै न्यून संख्या बाहेक सबैमा यो रोग लाग्छ । तर कसैमा धेरै देखिन्छ त कसैमा कम ।

डिमेन्सिया हुने कारण :
१.मस्तिष्कका नशाहरु नष्ट हँुदै जानु वा मस्तिष्कले कम काम गर्दै जानु ।
२. अल्जाइमर रोग लाग्नु 
अन्य कारण
२.वंशाणुगत गुण ।
३. मध्यपान सेवन ।
४.भिटामिनको कमी ।
५.रक्त सञ्चारको कमी ।
६.सोडियमको कमी ।
७. बढी मानसिक तनाव । 

लक्षण के हुन्  ?
१.सुरुसुरुमा सामान्य हिसाब कितावको कारोबार भुल्ने । बारहरु भुल्ने । आफन्तहरु भुल्ने । भख्खरै भनेको कुरा भुल्ने , के भुले भुले जस्तो हुने ।
२.अलि लामो समय भएपछि आफ्नै नाम भुल्ने, घर परिवार भुल्ने । विवेक शून्य भए जस्तो आफ्नै दिसापिसाब समेत खाने ,बोल्न पनि नसक्ने, एकोहोरो हिडडुल गर्ने । केही पनि नसम्झने समेत हुनसक्छ ।

परिवारका सदस्यले ध्यान दिनु पर्ने कुरा :
यो रोग लागिसके पछि पूर्ण रुपमा निको पार्न सकिदैन् । तर बेलैमा उपचार गरायो भने कम गर्न भने सकिन्छ । नेपालको सन्दर्भमा अधिकांशले वृद्धावस्थालाई बोझ र हेयको दृष्टिले हेर्छन् । बिर्सियो त के भो ? वृद्धावस्था भएर यस्तो भयो भन्ने हेलचेर्काइले यो रोग बढ्ने गर्दछ । यसो गर्नु हुन्न । यसले गर्दा दुर्घटनाको सम्भावना पनि बढ्छ । कुनै पनि लक्षण देखिए तुरुन्त चिकित्सकको सल्लाह बमोजिम उपचार गरायो भने यो रोग कम गर्न सकिन्छ ।

थप भिडियोमा हेर्नुहोस् । 

Last modified on 2017-07-03 13:32:30

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts