डा. केसीसँगको सहमति कार्यान्वयन गराउन सरकारद्वारा समिति गठन
काठमाडौँ, १४ माघ । सरकारले डा.गोविन्द केसीसँग भएको सहमति कार्यान्वयनबारे सुझाव दिन पूर्वमहान्यायाधीवक्ता गौरीबहादुर कार्कीको नेतृत्वमा समिति बनाएको छ ।
आज बसेको मन्त्रीपरिषदको बैठकबाट समिति बनाउने निर्णय गरिएको सरकारका प्रवक्ता सुरेन्द्र काकीले जानकारी दिए । कार्की नेतृत्वको समितिमा श्रीकृष्ण गिरी सदस्य छन् भने उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सदस्य सचिव तोकिएका छन् । समितिले केसीसँग भएका सहमति पालना गराउन आवश्यक सुझावहरु सरकारले दिने बताइएको छ ।
समितिले दन्त तथा आयुर्वेद विज्ञानबारे समेत सरकारलाई सुझाव दिने कार्यादेश पाएको छ । फाइल फोटो
Last modified on 2017-07-03 13:33:04
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।