आच्छु जाडो !
बाक्ला कपडा लगाउनुपर्ने गरी चिसो सुरु भइसकेको छ । यस्तो मौसममा मानिसको रोग प्रतिरोधात्मक क्षमतामा कमी हुन्छ । अझ दीर्घरोगको समस्या भएका, पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धालाई चिसोले बढी प्रभावित गर्ने गरेको पाइन्छ ।
बालबालिका र वृद्धवृद्धामा रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ । त्यस्तो बेला बालबालिकामा निमोनिया, दम, रुघाखोकी बढी देखिन्छ भने वृद्धवृद्धामा हृदयाघात, अर्धप्यारालाइसिस, बाथ बढी देखिने गरेको छ । थाइराइड कम भएकाको जिउ प्रायः चिसो हुने हुँदा त्यस्ता बिरामीले पनि विशेष होसियार हुनुपर्छ ।
चिसो के हो ?
मानिसको शरीर ९५ डिग्री फरेनहाइट तापक्रमभन्दा कम भए चिसोले सताएको मानिन्छ । त्यो क्रम जति कम हुँदै जान्छ, त्यति नै जोखिम बढ्दै जान्छ र यसले शरीरमा रक्तसञ्चार असहज बनाइदिन्छ । त्यसका साथै बढी चिसोमा रुघाखोकी, क्लोनिक ब्रोङ्काइटिस र झाडापखाला लाग्ने सम्भावना पनि बढी हुने गर्छ ।
चिसोबाट बच्न
- चिसोका कारण लाग्ने रोगबाट बच्न न्यानो लुगा लगाउने ।
- प्रशस्त झोलयुक्त तातो खानेकुरा खाने ।
- बस्ने कोठालाई न्यानो बनाइराख्ने ।
- हल्का किसिमको व्यायाम गर्ने ।
- चिसो समयमा हुने दुर्घटना कम गर्न सवारीसाधन बिस्तारै हाँक्ने ।
- हिटर वा चुलो बालेको कोठामा भेन्टिलेटर खुला राख्ने ।
- धूमपान र मद्यपान नगर्ने ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>