भारतद्वारा एम्बुलेन्स वितरण
काठमाडौँ , १४ माघ । भारतको ६८ औँ गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासले २० वटा एम्बुलेन्स उपहार प्रदान गरेको छ ।
बिहिबार दूतावासभित्रै गरिएको कार्यक्रममा भारत सरकारले नेपालका विभिन्न जिल्लाका अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई २० वटा एम्बुलेन्स र ४ वटा बस उपहार प्रदान गरेको छ ।
यसैगरी, गणतन्त्र दिवसकै अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगन्जले विभिन्न सङ्घसंस्थालाई एम्बुलेन्स र स्कुल बस प्रदान गरेको छ । महावाणिज्य दूतावासले बिहिबार विरगञ्जमा आयोजना गरेको कार्यक्रममा दुईवटा एम्बुलेन्स र दुईवटा स्कुल बस सहयोग स्वरुप प्रदान गरेको हो ।
जानकी मेडिकल कलेज जनकपुर र नेपाल रेडक्रस सोसाइटी पथरैया सर्लाहीलाई एक÷एक वटा एम्बुलेन्स तथा झमकेश्वरी सेकेन्डरी स्कुल पालुङ मकवानपुर र जनकपुर नर्सिङ क्याम्पस धनुषालाई एउटा÷एउटा स्कुल बस प्रदान गरिएको हो ।
कार्यक्रममा महावाणिज्य दूत वैष्णौचरण प्रधानले सम्बन्धीत संस्थालाई एम्बुलेन्स र स्कुल बसको साँचो हस्तान्तरण गरेका थिए । रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>