जब विराटनगरकी राधादेवी ठमठम्ती हिँड्न सक्ने भइन...

एड्भोटेरियल

What's This?


Download our app to get more features

विराटनगर । राधादेवीलाई यसरी ठमठमती हिडौंला भन्ने आशा थिएन । गत भदौमा जब उनको शरीरको देब्रे भाग झस्किन्थ्यो तब सोच्थिन यो सामान्य कुरा हो, आफै ठिक भएर जान्छ ।  अस्पताल पनि गइनन् । तर जब शरीरको आधा भाग चल्न छोड्यो उनी मात्रै हैन सबै परिवार चिन्तित भए । गाउँमा देवीदेउता लागेको भनेर धामी झाँक्री गराउन समेत पछि परेनन् । हरसम्भव प्रयास गरेपनि केही लागेन । यस्तो अवस्थामा गाउँका सारा मानिस भेट्न आउन थालेपछि अब त साँच्चै मर्छु होला भन्ने जस्तो पनि लागेको थियो उनलाई ।

केही समय अघीसम्म ठमठम्ती हिँड्ने र मेलापात गर्ने आमा अकस्मात बिरामी परेकोमा छोराहरु अझ चिन्तित थिए । आमालाई कुनै पनि हालतमा उपचार गर्ने भन्दै छोराहरुले बिराटनगरको एक अस्पतालमा भर्ना गरेपछि र निको हुने कामना गरे ।

केही समय अघीसम्म ठमठम्ती हिँड्ने र मेलापात गर्ने आमा अकस्मात बिरामी परेकोमा छोराहरु अझ चिन्तित थिए । आमालाई कुनै पनि हालतमा उपचार गर्ने भन्दै छोराहरुले बिराटनगरको एक अस्पतालमा भर्ना गरेपछि र निको हुने कामना गरे । तर उनलाई त्यति बेलासम्म शरीरको देब्रे भाग पुरै प्यारालाइसिस् भइसकेको थियो । उनले त्यहाँ ४ दिन उपचार गराइन् तर त्यहाँको उपचार उनीहरुलाई चित्त बुझेन ।

एकजना आफन्तले प्यारालाइसिस्को उपचार प्राकृतिक चिकित्सा पद्धतिबाट गराउन सुझाव दिएछन् । तर यसका लागि कहाँ जाने ? उनीहरु अन्योलमा परे  । त्यसपछि उनका जेठा छोराले राधादेबिलाई विराटनगर स्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पताल लगे । दशैअघि भर्ना भएकी राधादेवीलाई डा. दिपेन्द्र कुमार यादब र डा. अनिल कुमार महतोको टोलिले फिजीयोथेरापी, इलाक्टोथेरापी, मसाज थेरापी र प्राकृतिक उपचार पद्धतीद्धारा उपचार गरे र केही कम भएपछी दशैँ मनाउन गईन । दशैँ लगत्तै उपचार प्रक्रिया सरु गरी करीब दुइ महिना उपचार पश्चात उनी फेरी ठमठम्ती हिँडेरै घर पुगिन । 

दशैअघि भर्ना भएकी राधादेवीलाई डा. दिपेन्द्र कुमार यादब र डा. अनिल कुमार महतोको टोलिले फिजीयोथेरापी, इलाक्टोथेरापी, मसाज थेरापी र प्राकृतिक उपचार पद्धतीद्धारा उपचार गरे र केही कम भएपछी दशैँ मनाउन गईन । दशैँ लगत्तै उपचार प्रक्रिया सरु गरी करीब दुइ महिना उपचार पश्चात उनी फेरी ठमठम्ती हिँडेरै घर पुगिन । 

हाम्रो डक्टरसँगको कुराकानीमा नयाँ जीवन पाएकोमा राघादेबीले खुसी व्यक्त गरिन् । ‘स्पार्कले मलाई नयाँ जीवन दिएको छ, उनले भनिन् ‘स्पार्कले मलाई नयाँ जीवन मात्र दिएन जिउनको लागि नयाँ उत्साह पनि दिएको छ ।’ 

आफ्नो शरीर चल्छ या चल्दैन केही थाहा नपाउने उनी हाल दैनिक कार्य सामान्य तरिकाले गर्न सक्ने भएकी छिन् । कल्याणपुर, सप्तरीको ग्रामिण भेगमा बस्ने उनले आफुलाई प्राकृतिक उपचारको बारेमा यस अघी कहिल्यै थाहा नभएको र नसुनेको बताइन । छोरा सन्तु चौधरीले थाह नपाएको भए र आँट नगरेको भए मेरो आधा जिन्दगी ओछ्यानमै गुहूमुत भएर जाने रहेछ । 

अहिले पनि ग्रामीण भेगका धेरैजसो मानिसहरु प्यारालाइसिस् र नसा च्यापिएको जस्ता रोगहरुलाई पहिला धामी झाक्रिकोमा नै लैजाने र अन्त्यमा अस्पताल लिएर आउने गरेको डा दिपेन्द्र कुमार यादबले बताए । 

स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पतालका बारेमा अस्पतालका अध्यक्ष रुपेश अधिकारीले स्पार्क सम्भवत पूर्वाञ्चलमा प्राकृतिक चिकित्सा, फिजियोथेरापी तथा अकुपञ्चरलाई एउटै छाना मुनीबाट यस किसिमको सेवा दिने सबैभन्दा ठूलो र सुविधा सम्पन्न अस्पताल रहेको बताए ।

काठमाण्डौंको कालिमाटि स्थित स्पार्क होम अस्पतालको प्रत्यक्ष प्राविधिक एवम् व्यवस्थापकीय सहयोगमा अस्पताल संचालित छ । त्यहाँ मुख्यतः अप्रेशन नगरी र औषधिको प्रयोग बिना प्यारालाइसिस्, नशा च्यापिने समस्या, हाड खिइने जस्ता समस्याहरुको प्राकृतिक उपचार गरिन्छ । 

Last modified on 2017-07-03 13:43:56

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts