के गर्दैछन् स्वास्थ्य मन्त्री थापा जेनेभामा ?
काठमाण्डौं, १२ माघ । यति बेला स्वास्थ्य मन्त्री गगन थापा जेनेभामा छन् । उनी विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डको कार्यक्रममा नेपालको स्वास्थ्य क्षेत्रबारे जानकारी गराउन जेनेभा गएका हुन् ।
मन्त्री थापाले नेपाललाई दक्षिण एसियाकै पहिलो स्वास्थ्य गभर्नेन्स कसरी बनाउन सकिन्छ भनेर छलफलसंगै काम अगाडी बढाएको बताएका छन् ।
मन्त्री थापाले ट्वीटर मार्फत जानकारी दिंदै विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डको हेल्थ वर्कफोर्स डिरेक्टर जेम्स क्याम्प्बेलको समूहसँगको छलफल गरेका बताएका छन् ।
विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डको कार्यक्रममा मन्त्री थापाले नेपालमा भएका स्वास्थ्य क्षेत्रको अवस्थाबारे आफ्नो धारणा राखेका थिए ।
आज(२०७३ माघ ११ गते) जेनेभामा र नेपालमा यस्तो उपलव्धि रहयो। pic.twitter.com/YuXvEcvXNg — Gagan Thapa (@thapagk) January 24, 2017
उनले नेपालमा ‘हेल्थ ह्युमन वर्कफोर्स रजिस्ट्री तयार गरी डब्लुएचओको साधारणसभामा प्रस्तुत गर्ने समझदारी गरेका छन् । उनले भनेका छन् नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति कति छ, कहाँ छ, कति चाहिन्छ र कति उत्पादन भैराखेको छ, भन्नेवारे यकिन तथ्याकंं नहुँदा समस्या भएको छ ।
उनले ट्युटर मार्फत जानकारी गराउंदै स्वास्थ्यकर्मीहरुको तथ्याकं बनाउन सके नेपालमा स्वास्थ्य गभर्नेन्स बनाउन ठूलो मद्धत पुग्ने उल्लेख गरेका छन् ।
के गर्दैछन् मन्त्री थापा भिडियो हेर्नुस्
Here is the video of my address at @WHO Executive Board's meeting in Geneva on Monday 🇳🇵 #EB140. pic.twitter.com/6RM8OlBmGL — Gagan Thapa (@thapagk) January 24, 2017
Reporter
View Other Stories by Author >>