अरुणीमाको उपचारका लागि प्रवासीद्वारा सहयोग



Download our app to get more features

बाबियाचौर (म्याग्दी), १२ माघ । बेनी नगरपालिका–२ अर्जमकी अरुणीमा नेपालीको उपचारका लागि प्रवासीले मङ्गलबार आर्थिक सहयोग गरेका छन् ।

आठ वर्षीया नेपालीको मुटुमा परेको प्वालको शल्यक्रियाका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको अभियानमा हङकङमा रहेका म्याग्देलीले रु ८० हजार सहयोग गरेका हुन् ।

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङका अध्यक्ष इन्द्र एलजी थापाले कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, उपाध्यक्ष हरिकृष्ण गौतम र सचिव लोकेश पुनमार्फत अरुणीमाका काका भूपेन्द्र नेपालीलाई रकम हस्तान्तरण गरे । अरुणीमाको उपचारका लागि हङकङमा रहेका १७ जना म्याग्देलीले सहयोग गरेका हुन् ।

परिवारको कमजोर आर्थिक अवस्था भएकी नेपाली (परियार) को उपचारका लागि कोषले सञ्चालन गरेको आर्थिक सङ्कलन अभियानमा देशविदेशबाट सहयोग प्राप्त हुने क्रम जारी छ । उनको गङ्गालाल हृदयरोग उपचार केन्द्र काठमाडौँमा उपचार भइरहेको छ । रासस

 

Last modified on 2017-07-03 14:03:53

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts