अपाङ्गता भएका रावल ह्विलचेयरबाटै पूर्वतिर



Download our app to get more features

बर्दिवास (महोत्तरी), १२ माघ । ह्विलचेयरबाटै मेची—महाकाली यात्रामा निस्केका शारीरिक अपाङ्गता भएका २३ वर्षीय दिनेश रावलले मङ्गलबार महोत्तरीको बर्दिवासबाट पूर्वको यात्रा बढाएका छन् । महाकालीबाट गत पुस ४ गते यात्रा सुरु गरेका रावलले मङ्गलबार ३७ औँ दिनको यात्रा बर्दिवासबाट पूर्वका लागि बढाएका हुन् ।

सोमबार बर्दिवास आइपुगेका रावलले अपाङ्गता भएकाले पनि मुलुकका लागि योगदान गर्नसक्ने सन्देश प्रवाह गर्नु आफ्नो यात्राको उद्देश्य भएको सञ्चारकर्मीलाई बताए । पश्चिम नेपालको कैलाली जिल्लाको पथरैया—८ का रावलले यात्राका क्रममा आपूmले अपाङ्गता भएका व्यक्ति, सामाजिक क्षेत्रमा कार्यरत अगुवा र स्थानीय निकायका प्रतिनिधिसँग छलफल गर्दै अपाङ्गता भएकालाई प्रवाह गरिने सेवासुविधाबारे जानकारी लिने गरेको स्पष्ट पारे ।

बर्दिवास आइपुग्दा रावलले बर्दिबासका अपाङ्गसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र अन्य सामाजिक सङ्घसंस्थाका प्रतिनिधिसँग अपाङ्गता भएकाको सामाजिक, आर्थिक र शैक्षिक अवस्था र आवश्यकताबारे अन्तरक्रिया गरेका थिए । मेची पुल पुगेर यात्रा समापन गर्ने निधो गरेका रावलले आपूmले अहिलेसम्मको यात्राका क्रममा आम जनता मुलुकको राजनीतिक अवस्थाबाट अत्यन्त चिन्तित पाएको प्रतिक्रिया दिए ।

स्नातक तहको अध्ययन जारी राखेका रावलले अब मुलुकको समृद्धि र विकासका लागि राज्यको मुख मात्र नताकी जनता आफैँ जाग्नुपर्ने आवश्यकता भएको औँल्याए । मनोरम आफ्नो देश यहीँकै मिहेनती जनताको पौरखले समृद्ध बन्ने विश्वास जगाउन यात्रा सहयोगी बनेको रावलको भनाइ छ । ह्विलचेयर यात्री रावललाई उनका आफ्नै गाउँका साथी २५ वर्षीय गणेश परियारले यात्रामा साथ दिए । रासस

 

Last modified on 2017-07-03 14:04:58

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts