चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशकमाथि आक्रमण

What's This?


Download our app to get more features

चितवन, ११ माघ । चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेमाथि आक्रमण भएको छ ।

आज साँझ न्यौपाने मेडिकल कलेजबाट बाहिरिने क्रममा कलेज नजिकैमोटरसाइकलमा आएका युवाबाट आक्रमणमा परेका हुन् ।
दैनिक काम सकेर कलेजबाट बाहिरिने क्रममा अपरिचित युवाहरुले नमस्ते गरी गाडी रोकेर क्रिकेटको ब्याड र स्ट्यामले सिसामा प्रहार गरी आक्रमण गरेको न्यौपानेले बताए ।

स्ट्यामले लागेर डा न्यौपाने चडेको वा१४च ७५६४ नंको गाडीको अगाडिको सिसा फुट्नुका साथै डा न्यौपाने र गाडी चालक सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए । 

प्रहरीको अनुसार गाडीको सिसाको टुक्राले शरीरमा लागेकोले सामान्य घाइते भएको हो ।  
मोटरसाइकलमा आएका युवाले गाडी रोकेर आक्रमण गरी पूर्वतर्फ भागेको डा न्यौपानेको भनाई छ । 
दुईवटा मोटरसाइकलमा आएका चारजना युवाले आक्रमणको प्रयास गरेको प्रहरीले अनुमान गरेको छ ।

घटनालगत्तै प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको नेतृत्वमा आक्रमणकारीको खोजी भइरहेको प्रहरी उपरीक्षक थापाले बताए । अझैआक्रमणको कारण खुल्न सकेको छैन । 

Last modified on 2017-07-03 14:06:37

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts