ब्लु क्रस अस्पतालमा डेण्टल र म्याक्सिलोफेसियल ट्रमाको उपचार सुरु



Download our app to get more features

काठमाण्डौं, १० माघ । राजधानीको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न डेण्टलसहित म्याक्सिलोफेसियल ट्रमा युनिटको सेवा सुरु गरेको छ ।

आइतबार एक कार्यक्रमकाबीच ९ जना विशेषज्ञ टोलिसहित छुट्टै भवनमा डेण्टल तथा म्याक्सिलोफेसियल ट्रमा युनिटको स्थापना गरी सेवा सुरु गरिएको हो । अस्पतालका अनुसार अब २४ सै घण्टा एम्बुलेन्ससहित डेण्टल तथा म्याक्सिलोफेसियल ट्रमाको सेवा सञ्चालन हुनेछ ।

मुख शल्यचिकित्सक (म्याक्सिलोफेसियल सर्जन) डा.सुमित सिंहका अनुसार कुनै दुर्घटना वा अन्य कारणले अनुहार क्षतबिक्षत भएमा पुन विशेष प्रबिधिबाट अनुहारलाई ठिक बनाउन अनुहारकोे प्लाष्टिक सर्जरीसहित गरीने उपचार विधिलाई म्याक्सिलोफेसियल ट्रमा ट्रिटमेण्ट भनिन्छ । 

डा.सुमित सिंहका अनुसार म्याक्सिलोफेसियल उपचार पद्दति निकै संवेदनशिल र जटिल हुने भएकाले धेरै विशेषज्ञता हासिल गरेको चिकित्सक वा धेरै बिशेषज्ञहरुको निगरानीमा उपचार गर्नुपर्ने हुन्छ । यस्ता बिरामीहरुको अनुहारको छाला, टिस्यु, हड्डि तथा नशामा क्षति पुग्ने भएकोले सबै कुरामा ध्यान दिई अनुहारको पुन निर्माण गर्नुपर्ने हुन्छ ।

अस्पतालका अनुसार आजबाट सुरु गरीएको सेवामा वरिष्ठ परम्परागत दन्त चिकित्सक प्रा।डा मरिस दाहाल, मुख तथा म्याक्सिलोफेसियल सर्जन डा।सुमित सिंह, ओरल मेडिसिन तथा रेडियोलाजिष्ट डा।उज्वल जोशी लगायत ९ जना विशेषज्ञको टोली खटिने छन् । 

डेण्टल सेवा अन्र्तगत दाँतको सम्पुर्ण उपचारसहित अनुहारकोे प्लाष्टिक सर्जरी, मुख तथा दाँतको रेडियोलोजी सेवा, टाउको तथा घाँटिको क्यान्सर लगायतको उपचार गरिने अस्पतालले उल्लेख गरेको छ ।

Last modified on 2017-07-03 14:30:05

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts