लामखुट्टेमा आनुवांशिक परिवर्तन ल्याई राेक्न सकिन्छ डेगुं



Download our app to get more features

संसारभर वर्षेनी डेंगुका कारण हजारौँ मानिसहरुको मृत्यु हुने गरेको छ । एडीज लामखुट्टेको टोकाइबाट फैलिने यो रोग लागेपछि उच्च ज्वरो आउने, टाउको दुख्ने र शरीरमा दाग आउने हुन्छ ।

डेंगु लागेपछि रगतमा भएको प्लेटलेट्स तिव्र गतिमा घट्दै जाने र राम्रो उपचार नहुँदा, स्वास्थ्यमा सुधार नहुँदा रोगीको मृत्यु हुने गर्छ ।

डेंगु रोकथामका उपाय त छ । तर, अनुसन्धानकर्ताहरुले डेंगुलाई पूर्णरुपले नियन्त्रण गर्नका लागि एक नयाँ उपाय खोजेका छन् । अमेरिकाका अनुसन्धानकर्ताहरुले डेंगु सार्नमा प्रमुख जिम्मेबार मानिएको एडीज एजिप्टी लामखुट्टेमा आनुवांशिक परिवर्तन ल्याई इन्फेक्शन रोक्न सकिने दाबी गरेका छन् ।

डेंगु लाग्ने प्रमुख कारण भनेको एडिज लामखुट्टेले कुनै डेगुं संक्रमित व्यक्तिलाई टोकेर अन्य व्यक्तिलाई टोकेपछि , उसमा लामखुट्टेको रगत र जीवाणुले प्रवेश गर्छ र एक स्वस्थ व्यक्तिपनि संक्रमित हुन्छ । जब एडिज लामखुट्टेले डेंगु रोगले पीडित कुनै व्यक्तिलाई टोक्छ, उसको आन्द्रामा भाइरसले आक्रमण गर्छ । यसले लामखुट्टेको लार ग्रंथि पनि संक्रमित हुन्छ ।

डेंगुको इन्फेक्शनबाट बच्नका लागि जे ए के एसटीएटी चक्रलाई रोक्ने भनिएको थियो । जोन हपकिन्स यूनिभर्सिटीका अनुसन्धानकर्ताहरुका अनुसार लामखुट्टे संक्रमित भएपछि डोम र हप नामका प्रोटीनले यो चक्रलाई क्रियाशिल बनाइदिन्छ ।

तर, यो प्रक्रियालाई अहिले नै पूर्ण मान्न सकिँदैन । किनकि यो भन्दा पहिले जीका र चिकनगुनियामा पनि यो प्रक्रिया सफल हुन सकेको थिएन । अहिले सम्म प्राप्त नतीजाहरुका अनुसार धेरै हद सम्म सकारात्मक नतिजा नै प्राप्त भएको छ । तरपनि यस प्रक्रियालाई अझैँ केहि समय निरन्तरता दिएर अझ ठोस निर्णयमा पुग्नु आवश्यक छ ।


(एजेन्सीको सहयोगमा)

Last modified on 2017-07-03 14:32:01

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts