के त जिका भाइरस ?

Download our app to get more features

जिकाको इतिहास

जिका भाइरस सन् १९४६ मा पहिलोपटक पत्ता लागेको थियो । त्यसको पाँच वर्षपछि यसले मानिसमा संक्रमण गरेको थियो । तर, त्यसयता सीमित ठाउँमा मात्र देखापरेको थियो । तसर्थ, वैज्ञानिकहरूले यसतर्फ चासो नै नदिएको हुन सक्छ । जिका संक्रमणले तत्काल कुनै गम्भीर खालको स्वास्थ्य समस्या नदेखिने हुनाले पनि यसतर्फ धेरैको चासो नभएको हुन सक्छ ।

जिकाको अहिलेसम्मको प्रभाव कति ?

प्रायजसो संक्रमणपश्चात् कडा रूपमा देखापर्ने वा मृत्युसमेत गराउने रोगहरूका विरुद्ध वैज्ञानिकहरू तत्काल उपचार तथा बच्ने उपायको खोजी गर्ने गर्दछन् । तर, जिका संक्रमणपश्चात् ८० प्रतिशतमा लक्षण नै नदेखिई आफैँ निको हुने गरेको पाइन्छ । सामान्य ज्वरो, शरीरमा बिमिरा, तथा आँखा हल्का रातो हुँदैमा संक्रमित स्वास्थ्यकर्मीकहाँ जाँदैनन् ।
अहिलेसम्मको आध्ययनले मानिसबाट सीधै मानिसमा जिका सरेको प्रमाणित भएको छैन । हालसम्म भएको प्रमाणित तथ्यअनुसार संक्रमित मानिसलाई टोकेको एडिस जातको लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा मात्र सर्ने गरेको पाइन्छ । तसर्थ, जहाँ लामखुट्टेको घनत्व बढी छ, त्यहीँ भाइरस सर्ने सम्भावना बढी हुन्छ ।
ब्राजिलमा लामखुट्टे अत्यधिक पाइने भएकाले जिकाको संक्रमणले महामारी फैलाएको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ । एडिसबाहेक अरू जातका लामखुट्टेले पनि फैलाउने प्रमाणित भए जिका नियन्त्रण अर्को ठूलो चिन्ताको विषय हुन सक्छ । एडिस जातको लामखुट्टेले डेंगु, चिकेनगुनिया फैलाउने काम दशकौँदेखि जारी छ ।
हालसम्म यसको प्रभावकारी नियन्त्रण देखिएको छैन । यो लामखुट्टे दक्षिणदेखि उत्तरी ध्रुवतिर फैलँदै गएको देखिन्छ । पहिले देखा नपरेका चिकेनगुनियाका भाइरस युरोप तथा उत्तर अमेरिका फैलने क्रममा छ ।
आधुनिक यातायातको सहज पहुँच, विश्व तापक्रममा वृद्धि, तथा मानव बसाइँसराइमा तीव्रताले लामखुट्टेले पनि नौलो ठाउँमा आफूलाई समयानुकूल परिवर्तन गर्न सकेको कुरालाई नकार्न सकिँदैन । तसर्थ, विगत केही वर्षदेखि नै डेंगु, चिकेनगुनिया, भाइरसलाई कम गर्न विश्व चुकिरहेको अवस्थामा जिका भाइरसलाई रोकथाम गर्न सक्नेमा द्विविधा देखिन्छ । हाल भएका रोकथामका उपायहरूमा पुनर्विचार गर्न जरुरी देखिन्छ वा देश (क्षेत्र) सुहाउँदो उपायको विकास गरी स्थानीयसँग मिलेर लामखुट्टेलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्छ । हाल जिका भाइरसविरुद्ध खोपको विकास नभएको अवस्थामा यही एउटा उपाय नै उत्तम हुन सक्छ । यद्यपि, यासका लागि भने राज्य गम्भीर हुनुपर्छ ।

बहसमा संक्रमण माध्यम

जिका सर्ने माध्यमबारे भएका छलफल बाहिर आउने क्रम जारी छ । पछिल्लो समय रगत, पुरुषको विर्य, र्‍याल तथा पिसाबमा पनि जिकाको भाइरस हुन सक्ने तथ्यहरू आइरहेका छन् । वैज्ञानिकहरू यसबारे व्यापक अनुसन्धानमा रहेका छन् । नतिजा बाहिर नआइसकेका कारण विश्वलाई यसले थप आतंकित पारेको छ । हालसम्म लामखुट्टेबाट सर्ने रोगहरू शरीरका तरल पदार्थबाट सर्ने गरेको छैन । त्यसैले शरीरको तरल पदार्थबाट सर्ने रोगहरू लामखुट्टेको माध्यमले सरेको पाइँदैन । तर, जिका भइरसबारे बाहिर आएका तथ्यहरू हेर्दा दुवै माध्यमले हुनसक्ने सम्भावना बढी देखाएको छ । त्यही भएर पनि जिका भइरस अरूभन्दा फरक तथा डरलाग्दो तथ्य हुन सक्छ । तरल पदार्थका साथै हावाबाट पनि सरेको तथ्य आयो भने अझ ठूलो आतंक हुन्छ । यसका विषयमा अनुसन्धान तीव्र रूपले भइरहेको हुँदा नसर्ला भन्नेमा ढुक्क भइहाल्ने अवस्था भने छैन ।

पुस्ता नै जोखिममा

सबैभन्दा चिन्ताको विषय भनेको नवजात बच्चाको स्नायु प्रणालीमा देखिने गम्भीर असर हो । यसका कारण बच्चामा खासगरी टाउकोको आकार तथा विकासमा ठूलो प्रभाव परेको देखिन्छ । यसैका कारण बच्चा लगभग बौद्धिक अपांग हुने निश्चितप्राय: छ ।
जिकाको शारीरिक अंगहरूमा तत्काल वा दीर्घकालीन प्रभाव कस्तो हुन्छ भन्ने विषयमा अनुसन्धान जारी छ । जिका संक्रमणको क्रम जारी रहे प्रभावित देशहरूको स्वास्थ्यदेखि अर्थतन्त्रमा पनि ठूलो क्षति पुग्ने देखिन्छ । योभन्दा पनि ठूलो चिन्ता एउटा पुस्ता नै ध्वंस हुने सम्भावना बढी छ । जबसम्म खोपको विकास हँुदैन, तबसम्म यसको आतंक जारी रहन्छ।

अब के गर्ने ?

यसमा विकसित देशहरू मात्र नभएर नेपाललगायतका अन्य विकासोन्मुख देशहरूले पनि सोच्नुपर्ने वेला आएको छ । यसको भरपर्दो उपाय नपाएसम्म नेपालजस्ता विकसित देशहरूले सहयोग पर्याप्त नपाउन सक्छन् । त्यतिवेलासम्म नेपाल निष्क्रिय भएर बस्नु बुद्धिमानी हुन सक्दैन ।
नेपालले रोकथाम वा बच्नसक्ने उपाय स्यानीयस्तरमा विकास गर्न जरुरी छ । नेपालले गरेको रोकथाम वा बच्ने उपाय अरू विकसित देशका लागि पनि उपयोगी हुन सक्छ ।

जिकाका विषयमा प्रश्नैप्रश्न
अहिलेसम्म यसका विषयमा धेरै प्रश्न अनुत्तरित देखिन्छन् । जस्तो कि, आधा शताब्दीअगाडि देखापरेको भइरस हाल आएर ब्राजिलमा नै किन तीव्र गतिमा फैलँदै छ ? विश्वको अरू भागमा पनि लामखुट्टेको घनत्व धेरै पाइन्छ ।

  • के लामखुट्टे मात्र संक्रमणको माध्यम हुन सक्छ त ?
  • जिका भाइरसका कारण टाउकोको आकार सानो हुने वा स्नायु प्रणालीमा देखापर्ने असर यतिका वर्ष किन देखिएन ?
  • के यो भाइरसका कारण शरीरका अरू अंगमा पनि गभ्मीर असर पर्ला वा कति समयपछि थाहा होला ?
  • खोप उपलब्ध नहुँदासम्म सन्तान उत्पादन गर्ने कि नगर्ने ?
  • लामुखट्टे नियन्त्रण तत्काल नहुन
  • सक्छ वा प्रभावकारी रूपमा गरे अझै वर्षौं कुर्नुपर्छ । राज्यले ठूलो आर्थिक भार व्यहोर्नुपर्नेमा दुईमत छैन ।
  • यी प्रश्नलाई सम्बोधन गर्ने आधार बलियो नबनाएसम्म विश्व सधैँ आतंकित रहन्छ ।

- See more at: http://www.enayapatrika.com/2016/02/54979#sthash.9TJ8L9tj.dpuf

Last modified on 2016-05-01 18:20:11

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts