गोरखामा कान्तिपुर डेन्टलको मुख तथा दन्त शिविर
काठमाण्डौं, ९ माघ। कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ अस्पतालले सञ्चालन गरेको निशुल्क दाँत शिविरमा १ सय ५० जनाले दाँत तथा मुख परीक्षण गराएका छन् ।
शनिबार गोरखा जिल्लाको केराबारीमा सञ्चालित शिविरमा भुकम्प पीडित स्थानियहरुकोे दाँत तथा मुख परीक्षण गरिएको हो । शिविरमा सहभागी डा.स्मीता ढकालका अनुसार स्थानीय बासिन्दामा दाँत किराले खाएको र गिजामा अत्याधिक समस्या रहेको भेटिएको छ ।
शिबिरमा निशुल्क ब्रश, दाँतमा सिमेण्ट भर्ने, दाँत झिक्नुका साथै स्वस्थ खानपान र दाँत तथा मुख स्वास्थ्यबारे जनचेतनामुलक कार्यक्रमसमेत गरीएको थियो ।
सामुदायिक स्वास्थ्य सेवा अन्तर्गत आगामी दिनमा निरन्तर निशुल्क शिविरहरु सञ्चालन गर्दै लगिने अस्पतालले जनाएको छ । लायन्स क्लब अफ काठमाण्डौं मिडटाउनसंगको समन्वयमा शिबिरको आयोजना गरीएको हो ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।