ईटहरी प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा

What's This?


Download our app to get more features

माघ ९, इटहरी । सुनसरीको इटहरी प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ ।

स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिको मातहतमा डा. आदर्श झालाई स्वंयमसेवकको रुपमा अनुवन्धित गरी विशेषज्ञ सेवा सुरु गरिएका हो ।

स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेण्ट रामकुमार धमलाका अनुसार डा.झालाई एक कार्यक्रमका विच स्वागत गरीएको छ ।

केन्द्र संचालन तथा व्यवस्थापन समितिका सदस्य धु्रवकुमार लिम्वुले विशेषज्ञ सेवाबाट ईटहरीका जनता लाभान्वित हुने बताए ।

केन्द्रमा स्थायी मेडिकल अधिकृत नहुदां समस्या परेको र सिनियर फेमिली फिजिसियन पाउदां लामो समयसम्म अनुकूल वातावरण वनाई डा. झावाट स्वास्थ्य सेवा प्रवाह गर्नु चुनौतीपूर्ण रहेको डेण्टल अधिकृत डा. रामसुन्दर चौलागाईले वताए ।

आफु सामाजिक सेवागर्न ईच्छुक भएको र सेवा गरी रहेकोले दैनिक कार्य अवधि समयबाट  २ घण्टा समय निकालेर इटहरी प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा दिने प्रतिवद्धता व्यक्त गरे ।


 

Last modified on 2017-07-03 14:36:51

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts