नाकबाट रगत आउँछ ? कसरी बच्ने ? (भिडियो सहित)
के तपाइलाई बिना कारण एक्कासी नाकबाट रगत आउने समस्या छ ? यसरी रगत देखिने कारण के हो ? र यसलाई कसरी रोकथाम गर्न सकिन्छ ? नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शास्वत कटुवालका सुझाव यस्ता छन् :
विकसीत देशको तुलनामा । विकाशोन्मुख र अल्पविकसीत देशका मनिसमा नाकबाट रगत बग्ने समस्या धेरै हुन्छ । नेपालमा भने यस्तो समस्यालाई नाथ्री फुट्यो भन्ने गरिन्छ । विविध कारणले नाकका रक्तनलीहरु फुटेर नाकबाट रगत बग्ने गर्दछ । यो कुनै रोग होइन् । तर कुनै रोगको लक्षण भने हुनसक्छ ।
नाकबाट रगत आउने कारण :
१. तुलानात्मक रुपमा जाडोयाममा यो समस्या बढी देखिन्छ । बढी ठण्डा वा तातोपनका कारण नाक भित्रका स–सानानलीहरु फुट्छन र रगत देखिन्छ ।
२.बच्चाहरुमा नाक सुख्खा भएर तथा अन्य व्यक्तिमा उच्च रक्तचाप भएमा पनि नाकबाट रगत आउँछ ।
३.रगतमा प्लेटलेटको कमी हुँदा रगत जम्न नदिने औषधि सेवन गर्दा पनि रगत बग्छ ।
४.नाकमा चोटपटक लाग्दा ।
५. नाकमा ट्युमर पलाउँदा ।
६.रुघाखोकीका कारण नाकमा संक्रमण हँुदा ।
७.रक्तजन्य रोग तथा होमाफेलिया, कलेजो र मृगौला रोगीमा पनि यस्तो समस्या बढी हुन्छ ।
नाकबाट रगत बग्दा रगत रोक्ने खासै उपचार हुँदैन । तर रगत आउँदा तत्कालको प्राथमिक उपचार यस्तो गर्नुस् :
१.औंलाले नाक च्यापेर अगाडीपट्टी १० मिनेट जति निहुरेर बस्नुस् । कहिलै पनि नाकलाई माथि तिर पारेर च्याप्नु हुँदैन् । यसो गर्दा रगत श्वास नलिमा गयो भने धरै समस्या हुन्छ ।
२.रगत आएर रोकिने बित्तिकै बढी चिसोखाने कुरा नखाने । पुनः रगत आउन सक्छ ।
३. रगत रोक्ने नोजल ड्रप प्रयोग गर्नु हुदैन् । यसले तत्काललको लागि रगत रोके पनि दीर्घकालिन रोग निम्ताउन सक्छ ।
४. १०–१२ मिनेट नाक थुन्दा पनि रगत नरोकिए ,तत्काल चिकित्सककोमा जानुपर्छ ।
५.नाकको अगाडिको भागमा नसा फुटेर आएको रगत भए औषधिबाट ठीक हुन्छ भने पछाडि पट्टीको समस्या भए औषधिको माध्यमबाट रोक्नु पर्छ ।
६.दीर्घरोग जस्तै, होमाफेलिया, कलेजो , मृगौलाको कारण नाकबाट रगत बग्ने भए यस्ता रोगलाई नै निर्मुल गर्ने ।
भिडियो हेर्नुस्
2 Comments
-
Derai ramro kuraho yo mero samasya vairaxa askolagi k medicine lida ramro hola ? Medicine ko name vannamilxa ?
-
Mero babuko pani ahi samasya dherai chintit xu check garauda thikxa Tara blood auna rokiyako xaina.yes sallaha le malai kehi help mileko xa thank u
Reporter
View Other Stories by Author >>