यि ७ सजिलो काम, जसले तपाईँलाई रोगबाट राख्छ टाढा



Download our app to get more features

बदलिँदो मौसम र खराब जीवन शैलीका कारण आजभोली मानिसहरु धेरै बिरामी हुने गरेका छन् ।

मानिसहरुको रोग प्रतिरोधात्मक क्षमतापनि धेरै नै कम हुँदै गएको छ, जसका कारण उनीहरु सजिलै रोगहरुको शिकार हुने गर्छन् । तर, ७ यस्ता उपाय छन् जसले तपाईँलाई सँधै रोगहरुबाट टाढा राख्नमा मद्दत गर्छ ।

१. मानिसहरु अचेल धेरै तनावमा रहन थालेका छन् । तनावले मानिसलाई भित्र–भित्रै कमजोर बनाउँछ । त्यसैले जरुरी छ, तपाईँ आफ्नो जीवनबाट तनावलाई टाढै राख्नुस ।

२. सरसफाईमा ध्यान दिनु आवश्यक हुन्छ । धेरैजसो रोग फोहोर कै कारण हुने गरेको पाइन्छ । फोहोरमा व्याक्टेरिया हुने र त्यसले तपाईँलाई रोगको मुखमा धकेल्ने गर्छ ।

३. वरपरका स्थान मात्र होइन, शरीरको सफाईमा पनि ध्यान दिनु पर्छ । खाना खानु भन्दा पहिले सँधै साबुन पानीले हात धुने बानी बसालौँ ।

४. थकान महसूस भएमा आराम गरिहाल्नु पर्छ । थकाई लागेको समय बाहिर जानु हुँदैन । किनभने थकाई लागेर पनि यदि तपाईँ बाहिर जानुहुन्छ भने बिरामी हुने खतरा बढेर जान्छ । 

५. नियमित रुपले दैनिक कम्तिमा पनि आधा घण्टा व्यायाम गर्नु पर्छ ।

. आफ्नो खानामा ध्यान दिनुपर्छ । खानामा प्रोटीन र भिटामिन सँधै समावेश गर्नुपर्छ । फास्ट फूडबाट सकेसम्म टाढै बस्नु पर्छ ।

७. डाक्टरको सल्लाह बिना कुनै पनि औषधिको सेवन गर्नुहुँदैन । साथै सानो–सानो  रोग लागेमा वा पिडा भएमा पेन किलर खानु हुन्न । पेन किलर स्वास्थ्यका लागि धेरै नै हानिकारक हुन्छ ।


(एजेन्सीको सहयोगमा)

Last modified on 2017-09-02 17:02:22

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. सिबराज आचार्य on Sun, Jan 22 2017 07:32 PM

    नियमित पेट लाई clear अथवा कब्जियत बाट वचन को लागि के कस्ता साबधानी अपनाउन सकिन्छ होला साथै पुर्ण रुपमा Gastric लाई निर्मुल पार्न के कस्तो साबधानी अपनाउन सकिन्छ होला ??


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts