शिवरात्रिदेखि सेनाको अस्पतालमा सर्वसाधारणको पनि उपचार हुने
काठमाण्डौ, ७ माघ । नेपाली सेनाको अस्पतालमा आउँदो शिवरात्रिका दिन देखि सर्वसाधारणको उपचार सुरु हुने भएको छ ।
स्वास्थ्य मन्त्रालय र नेपाली सेनाबीच आज भएको सहमति अनुरुप फागुन १३ गते सेना दिवस समेत रहेको शिवरात्रिका दिनदेखि अपरान्ह साँढे तीन बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणले बहिरंग सेवा पाउने छन् । काठमाण्डौ बाहिर नेपाली सेनासँग भएका डाक्टरहरुले पनि विभिन्न २४ स्थानबाट सर्वसाधारणलाई उपचार सेवा दिनेछन् ।
त्यस्तै वीरेन्द्र अस्पताल छाउनीको विशिष्ट कक्षमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी अति विशिष्ठ व्यक्तिहरुको गन उपचार गर्नेपनि सहमति भएको छ । त्यस्तै नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरी सेनाले सर्जिकल सुविधा सहितको मोबाइल स्वास्थ्य शिविर गर्ने पनि सहमति भएको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले शुक्रवार टुइट गर्दै नेपाली सेनासँग भएको सहमतिका बुँदा उल्लेख गरेका हुन् । फोटोः फाइल
1 Comments
-
k k ko upachar hunxa kripaya bataidinu hola
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।