अध्ययन भन्छ, तनावले हृदयघातको सम्भावना बढाउँछ !



Download our app to get more features

एजेन्सी । मस्तिष्कको स्क्यानलाई हेरेर गरेर गरिएको नयाँ अध्ययनबाट तनावले हृदयघातको संभावनालाई बढाउने देखाएको छ । अध्ययनमा भनिएको छ, 'जो व्यक्तिको फियर सेन्टर ज्यादा एक्टिभ रहन्छ उक्त व्यक्तिलाई हृदयघातको संभावना बढी रहन्छ ।' 
अम्यागडालालाई मस्तिष्कको फेयर सेन्टरको रुपमा व्याख्या गरिन्छ । तर अम्यागडाला डर मात्र नभई अन्य तनावका अन्य तरिकाहरुसँग पनि गाँसिएको हुन्छ । जुन व्यक्तिको अम्यागडाला सिटिस्क्यानको समयमा ज्यादा एक्टिभ देखिन्छ उसमा हृदयघात वा मुटुसँग सम्वन्धि गम्भीर रोगको सम्भावना ज्यादा देखिन्छ । त्यतिमात्र हैन, धमनि सुन्निने, बोनम्यारोसँग सम्बिन्धित र रगतसँग सम्बिन्धित रोगको संभावना पनि ज्यादा रहन्छ । 
“हाम्रो अध्ययनले तनावले कसरी मुटुजन्यरोगहरु निम्त्याउँछ भन्ने बिषयमा नयाँ निकर्ष निकालेको छ ।” प्रमुख अध्ययनकर्ता तथा मासाचुसेट जनरल हस्पिटल र हावार्ड मेडिकल स्कुलका डा. एहमद ट्वाकल बताउँछन् । अध्ययनका लागि ट्वाकल र उनका अध्ययनकर्ता साथीहरुले २ सय ९३ विरामीहरुलाई पिइटी स्क्यान र सीटि स्क्यान अध्ययन गरेका थिए जो मुटुरोगसँग सम्बन्धित रोगभन्दा मस्तिष्क, धमनी तथा नासा, बोनम्यारो र हाई टेम्पर जस्ता रोगले पिडित थिए । उनीहरुले ३ देखि ४ बर्षसम्म अध्ययन गर्दा २२ व्यक्तिको हृदयघातका कारण मृत्यू भयो ।

Last modified on 2017-07-04 14:35:19

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts