वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. श्रेष्ठ
धरान, ७ माघ । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष डा. विक्रम प्रसाद श्रेष्ठले प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी पाएका छन् ।
स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयवाट उनलाई जिम्मेवारी दिइएको हो । पुस तेश्रो सातादेखि प्रतिष्ठान उपकुलपति विहिन हुँँदा सम्पूर्ण शैक्षिक तथा प्रशासनिक काममा बाधा उत्पन्न भएको थियो । उपकुलपति नुहँदा शिक्षक, कर्मचारीको नियमित तलब खुवाउन समेत समस्या भएको थियो ।
Last modified on 2017-07-04 14:35:51
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।