अवैध निजी स्वास्थ्य संस्था विरुद्ध अभियान शुरु गरेपछि धनुषाका सहायक सिडियो गिरीको  सरुवा 



Download our app to get more features

जनकपुर, ७ माघ । जनकपुरको अवैध औषधि पसल र निजी स्वास्थ्य संस्था विरुद्ध अभियान शुरु गरेका धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीलाई सरुवा गरिएको छ ।

केहि समय पहिले जनकपुरमा अवैध रुपमा सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाको अनुगमन गरेर कानुनी दायरामा ल्याउने प्रयास गरेर राम्रो कामको सुरुवात गरेका गिरीलाई राज्यले प्रोत्साहन गर्नुको सट्टा गृहमन्त्रालयले उनलाई धनुषाबाट सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीमा काज सरुवा गरेको हो । अनुगमनको क्रममा केहि औषधि पसल, क्लिनिक, अस्पतालमा तालाबन्दी गरिएपछि जनकपुर अञ्चल औषधि व्यवासायीले उनको निलम्बनको माग गरेका थिए ।

Last modified on 2017-07-04 14:36:56

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts