स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.पन्त, डा. चौधरीलाई काजफिर्ता



Download our app to get more features

काठमाण्डौ, ७ माघ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. राजेन्द्र पन्त नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री गगन कुमार थापाले हिजो डा. पन्तलाई महानिर्देशक बनाउने निर्णय गरेका हुन् । निवर्तमान निमित्त महानिर्देशक डा. पुष्पा चौधरीलाई काजफिर्ता बोलाइएको छ । 
नवनियुक्त महानिर्देशक डा. पन्त चिठी बुझेर स्वास्थ्य सेवा विभाग पुगेका छन् । बालस्वास्थ्य महाशाखाका निर्देशक रहेका पन्त त्यसअघि मध्यश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक थिए । 
काज फिर्ता बोलाइएकी डा. चौधरी यसअघि प्रसुति गृहमा थिइन् । उनलाई प्रसुतिगृहमा फिर्ता बोलाइएको छ ।  डा. चौधरी विभाग अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाकी निर्देशक पनि भइन् । उनलाई यसअघिका स्वास्थ्य मन्त्री रामजनम चौधरीले विभागको महानिर्देशक बनाएका थिए । 

फाइल फोटो

Last modified on 2017-07-04 14:37:22

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts