ताल्चा विमानस्थलमा प्लेन कुर्दाकुर्दै बिरामीको ज्यान गयो



Download our app to get more features

मुगु, ७ माघ ।  मुगुको एक मात्र विमानस्थल रारा ताल्चा बिमानस्थलमा जहाज कुरेर बसेका एक बिरामीको मुत्यु भएको छ । 
मुगु जिल्लाको पुर्वि करान भेगको पुलु गाविस–३ पुअ गाउँका २० वर्षीय छिरिङ्ग लामाको मुत्यु भएको हो। लामालाई उपचारका लागी बिहीवार बिहान जिल्ला अस्पताल पु¥याईए पनि उपचार हुन नसक्ने भन्दै अस्पतालले रिफर गरेको थियो । थप उपचारका लागि नेपालगञ्ज लैजान भनी विमानस्थलमा लगिएका लामाको जहाज नआउँदा विमानस्थलमै मृत्यु भएको हो । 

लामालाई आन्द्रामा प्वाल पर्ने (एपेण्डिसाईड) भएको र जिल्लामा उपचार संभव नभएपछी रिफर गरिएको जिल्ला अस्पताल मुगुले जनाएको छ । बाक्लो हुस्सुका कारण प्लेन नउडेपछि उनलाई नेपालगञ्ज लैजान नसकिएको बताइएको छ । 

Last modified on 2017-07-04 14:39:18

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts