काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा पुनः माकाजू
काठमाण्डौं ७, माघ । काठमाडौं विश्वविद्यालयमा डेढ महिनादेखि रिक्त रहेको उपकुलपति पदमा रामकण्ठ माकाजूलाई नियुक्त गरिएको छ ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले माकाजूलाई नियुक्त गरेको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिए । उनका अनुसार माकाजूलाई शुक्रबार नै नियुक्ति पत्र दिइने छ । दुई साताअघि उपकुलपति सिफारिस समितिले माकाजूसहित पाँचजनाको नाम सिफारिस गरेको थियो । माकाजूको चार वर्षे कार्यकाल सकेपछि विश्वविद्यालयमा मंसिर २६ गतेयता उपकुलपति रिक्त थियो । माकाजू यसअघिको कार्यकालमा मेडिकल शिक्षामा बेथिति भित्र्याएको भन्दै विवादित बनेका थिए ।
Last modified on 2017-07-04 14:39:54